असोज १७, पर्वत । कर्मचारी र मजदुरको आन्दोलनका कारण रोकिएको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सञ्चालन भएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७, पर्वत । कर्मचारी र मजदुरको आन्दोलनका कारण रोकिएको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सञ्चालन भएको छ ।

"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तल्लो मोदीको सुरुङ निर्माण कार्य सञ्चालन

२०७३, १७ आश्विन सोमबार ०७:३१

असोज १७, पर्वत । कर्मचारी र मजदुरको आन्दोलनका कारण रोकिएको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सञ्चालन भएको छ ।

तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माणको ठेकेदार कम्पनी साउथ एसियन इन्फ्रास्टक्चर व्यवस्थापन र त्यस प्रालिमा कार्यरत आन्दोलनकारी मजदुर र कर्मचारीबीच सहमतिपछि सोमबारदेखि निर्माण कार्य सञ्चालन भएको हो। सुरुङ निर्माण कार्यमा संलग्न मजदुर र कर्मचारीले तलब सुविधा बृद्धिको माग गर्दै आन्दोलन गरेका थिए ।

साउथ एसियन इन्फ्रास्टक्चर प्रालिले मजदुर र कर्मचारीको तलब १० प्रतिशत वृद्धि गर्ने सहमति गरेको छ। तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्यको ठेक्का लिएको साउथ एसियन इन्फ्रास्टक्चर कम्पनीमा कार्यरत २०० भन्दा बढी मजदुर र कर्मचारी कार्यरत छन्। उनीहरुले २५ प्रतिशत तलब वृद्धिको माग गर्दै आएका थिए ।

अहिलेसम्म तल्लो मोदीखोला जलविद्युत् आयोजनाको चार हजार २१ मिटर सुरुङमध्ये तीन हजार ५८३ मिटर सुरुङको निर्माण कार्य सकिएको छ। अब बाँकी रहेको ४३८ मिटर सुरुङ आगामी जेठ महिनाभित्र सक्ने लक्ष्यसहित काम भइरहेको साउथ एसियन इन्फ्रास्टक्चर प्रालिका परियोजना प्रबन्धक ध्रुव मिश्रले जानकारी दिए। “तलब वृद्धिको मागलाई सम्बोधन गरेर निर्माण कार्य सञ्चालन गरेका छौँ” उनले भने–“दसैँ, तिहार, छठजस्ता चाडपर्वपछि निर्माण कार्यले गति लिन्छ।”

पर्वतको कुस्मा नगरपालिकामा पर्ने चुवा र दुर्लुङ तथा तिलाहार, बाजुङ तथा देउपुर गाविसमा निर्माण भइरहेको आयोजनाको निर्माण कार्य २०७४ असोजसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही असोजभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले काममा ढिलाइ भएकाले निर्माण कार्य एक वर्ष ढिलाइ भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट