४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लाखौँ भाडा तिर्न बाध्य छन् प्रहरी युनिट

१८ आश्विन २०७३, मंगलवार ०३:१४

(उमा केसी) | असोज १८, रोल्पा । आफ्नै भवन नहुँदा रोल्पा जिल्लामा रहेका प्रहरी युनिटले मासिक रु एक लाखभन्दा बढी भाडा तिर्दै आएका छन् । 

माओवादी सशस्त्र युद्धमा क्षति पुगेका ती प्रहरी युनिट हालसम्म पुनःनिर्माण हुन नसक्दा भाडामा बस्न बाध्य भएका हुन् । त्यसरी भाडा तिरेर कार्यालय सञ्चालन गर्ने प्रहरी युनिटमा जिल्ला प्रहरी कार्यालय समेत रहेको छ । युद्धताका भवन क्षति नभए पनि जिल्ला प्रहरी कार्यालयले भवन अपुग हुँदा मासिक रु ४० हजारभन्दा बढी भाडा तिर्दै आएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो । 

सशस्त्र युद्धताका जिल्लाका विभिन्न ३९ स्थानमा विस्तार भएका प्रहरी युनिटमध्ये २३ युनिटलाई क्षति पु¥याइएको थियो । शान्ति प्रक्रियापश्चात जिल्लाका विभिन्न ३६ स्थानमा प्रहरी युनिट पुनःस्थापना गरिएको भए पनि हालसम्म आठ प्रहरी युनिट मात्र आफ्नै भवनमा रहेका छन् । 

जिल्लाका इलाका प्रहरी कार्यालय सुलिचौर, पोवाङ, होलेरी, घर्तीगाउँ, सशस्त्र प्रहरी सेनामुख र कारागार सुरक्षा गार्ड आफ्नै भवनमा रहेका छन् भने इलाका प्रहरी कार्यालय उवा, पाछावाङ, थवाङ, इरिवाङ, जिनावाङ तथा प्रहरी चौकी सीर्प, पाखापानी, जेल्वाङ, माडीचौर, जुगार, भावाङ, रानागाउँ, गुम्चाल, कुरेली, गाम, कोटगाउँ धौलावाङ र बुढागाउँमा जग्गा भएको तर भवन नभएको घर्तीमगरले बताउनुभयो । भवन निर्माणका लागि उल्लेखित प्रहरी युनिटको आफ्नै जग्गा भएको समेत उहाँले बताउनुभयो । 

जिल्ला ट्राफिक कार्यालय, प्रहरी चौकी गजुल र बागमाराको भवन जग्गा र भवन दुवै नभएको घर्तीले बताउनुभयो । करिब दुई दर्जन प्रहरी कार्यालय भाडाका घरमा छन् । बर्सेनि लाखौँ भाडा तिरेर सुरक्षामा खटिनु पर्ने अवस्था छ । 

कतिपय पायक पर्ने ठाउँमा भवन भाडामा नपाइएकाले अपायकमा भाडामा बस्नुपरेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो । पारिवारिक प्रयोजनका लागि ग्रामीण क्षेत्रमा निर्माण भएका भवन कार्यालयमैत्री नहुने भएकाले साँघुरा र कच्ची घरमा कार्यालय सञ्चालन गर्नुपरेको घर्तीले बताउनुभयो । 

शान्ति प्रक्रियाको एक दशक पुग्दासम्म प्रहरी युनिट आफ्नै भवनमा बसेर सुरक्षा दिन नसक्नु दुःखद् रहेको नागरिक अगुवा सुन्दरकुमार शर्माले बताउनुभयो । शान्ति प्रक्रियाको १० वर्षमा मुस्किलले तीनवटामात्र प्रहरी युनिट बन्नु सन्तोषजनक नरहेको उहाँले तर्क गर्नुभयो । भाडाका घरमा अपराधका आरोपीलाई सुरक्षित गर्न र प्रशासनिक काम गर्न कठिन हुने गरेको प्रनाउ घर्तीमगरले बताउनुभयो । 

भाडाका घरबाट सेवा दिन गाह्रो भइरहेको र तत्काल भवन बनाउन आवश्यक रहेकोबारे जिल्ला प्रहरी कार्यालयबाट पटकपटक विभाग र सम्बन्धित निकायमा पत्राचार भने हुँदै आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो