(कृष्णराज गौतम) | असोज १८, काठमाडौँ | करिब नौ वर्ष अगाडि एक महिला उद्यमीले काठमाडौँको उत्तरी भेग गोकर्णबाट करिब रु १५ हजारबाट सुरु गर्नुभएको सानो व्यवसायले अहिले करिब र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (कृष्णराज गौतम) | असोज १८, काठमाडौँ | करिब नौ वर्ष अगाडि एक महिला उद्यमीले काठमाडौँको उत्तरी भेग गोकर्णबाट करिब रु १५ हजारबाट सुरु गर्नुभएको सानो व्यवसायले अहिले करिब र"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कल्पनाको सफलता: १५ हजारबाट थालेको ब्यबसाय अहिले ३ करोडको

१८ आश्विन २०७३, मंगलवार ०३:२५

(कृष्णराज गौतम) | असोज १८, काठमाडौँ | करिब नौ वर्ष अगाडि एक महिला उद्यमीले काठमाडौँको उत्तरी भेग गोकर्णबाट करिब रु १५ हजारबाट सुरु गर्नुभएको सानो व्यवसायले अहिले करिब रु तीन करोडको पुँजी विस्तार गरेको छ । 

वैदेशिक रोजगारीमा गएर जस्तो पनि दुःख कष्ट गर्न पछिनपर्ने कामदारका लागि स्वदेशमै केही गर्न सकिन्छ भनी प्रेरणाको स्रोत बन्नुभएको छ, सफल उद्यमी कल्पना योङहाङ (लिम्बू) । 

विसं २०६४ मा त्यही रु १५ हजार खर्चेर एउटा तान जम्मा गरी त्यसबाट ढाका बुन्न सुरु गर्नुभएकी लिम्बूले स्थापना गर्नुभएको ‘द हाइल्यान्ड आर्ट’ ले अहिले विश्व बजारमा नेपाली सीपबाट बनेका ढाका तथा ढाकाजन्य कपडाको पहिचानलाई विस्तार गर्दै गएको छ । 

सुरुमा आफैले उत्पादन गरेका वस्तुलाई विभिन्न स्थानमा डुलेर निकै दुःखका साथ अरुलाई किन्न हार गुहार गर्ने कल्पनाले अहिले करिब १०० थान कपडा बुन्ने तान जोडनुभएको छ । उहाँले भक्तपुर, कीर्तिपुरमा समेत व्यावसायिक रुपमा तान विस्तार गर्दै करिब १३० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिनुभएको छ । 

नेपाली हस्तकला तथा मौलिकताबाट बुनिएका रुमाल, सल, खाँडीका कपडा, सुरुवाल, मफलरलगायत वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरेको छ । 

व्यवसाय विस्तारका क्रममा दक्षिण कोरियाबाट पहिलो विदेश यात्रा सुरु गर्नुभएकी उहाँले अहिले युरोपका विभिन्न २७ तथा अन्य ११ राष्ट्र गरी ३८ वटा मुलुकको भ्रमण गर्नुभएको छ । 

सफल उद्यमी कल्पनाले नेदरल्यान्डमा ‘हिमालयन ज्वेलरी एण्ड हेन्डीक्राफ्टस्’ नामक शोरुम स्थापना गरी आफ्नो कम्पनीको उत्पादनलाई निर्यात गर्दै आउनुभएको छ । 

नेपालको पूर्वी पहाडी जिल्ला तेह्थुममा विसं २०१९ मा जन्मनुभएकी योङहाङले स्थापना गर्नुभएको उक्त संस्थाबाट रु ५० देखि रु ५० हजारसम्म मुल्य पर्ने वस्तु उत्पादन हुने गर्दछन् । उहाँले स्वदेश तथा विदेशका विभिन्न स्थानमा राम्रो उत्पादन तथा फेसन डिजाइनका लागि करिब १० हजार घन्टा तालिम लिनुभएको छ । 

ढाकाको उत्पादन नेपालीको परम्परागत सीप तथा वस्तु उत्पादन भएको बताउँदै उहाँले भन्नुभयो– “सरकारले साना घरेलु उद्यमीलाई व्यावसायिक बनाउन राष्ट्रिय योजना निर्माण गर्दा निश्चित बजेटको व्यवस्था गर्नुपर्छ ।” 

स्वदेशी उत्पादनलाई सरकारले औपचारिक कार्यक्रम तथा कर्मचारीको ड्रेसमा अनिवार्य प्रयोग गर्नुपर्ने सुझाव दिँदै उहाँले सरकारले यस किसिमको नीति अवलम्बन गरेमा बेरोजगारीको समस्याबाट आक्रान्त धेरै जनशक्तिलाई उत्पादनमा जोडेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सकिने विचार उहाँले व्यक्त गर्नुभयो । 

उहाँका अनुसार एक औपचारिक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत उक्त कम्पनीको उत्पादनलाई प्रयोग गर्नुभएको छ । 

विभिन्न किसिमका सङ्घसंस्थाले आयोजना गर्ने सौन्दर्य प्रतियोगिता (ब्युटी कन्टेस्ट)का सहभागी तथा चर्चित मोडेलले समेत इच्छाएका वस्तु तथा कपडा त्यहाँ खरिद गर्ने गर्दछन् । इन्टरनेट, मोबाइल, सामाजिक सञ्जाल तथा चिने जानेका साथीभाइबाट उहाँका उत्पादन खरिद बिक्री हुने गर्दछ । उक्त कम्पनीको उत्पादनले नेपाली बजारको मागलाई पूरा गर्न सकेको छैन । 

वर्षमा एकपटक आफ्नो जन्मदिनको तिथि पारेर विगतका दुःख तथा सङ्घर्षलाई समीक्षा गर्ने गरेको कल्पना बताउनुहुन्छ । विभिन्न सामाजिक कार्यमा समेत व्यस्त कल्पनाले प्राप्त गरेको सफलता धेरैका लागि ऊर्जा तथा उत्साहका रुपमा लिन सकिन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल