(कृष्णराज गौतम) | असोज १८, काठमाडौँ | करिब नौ वर्ष अगाडि एक महिला उद्यमीले काठमाडौँको उत्तरी भेग गोकर्णबाट करिब रु १५ हजारबाट सुरु गर्नुभएको सानो व्यवसायले अहिले करिब र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (कृष्णराज गौतम) | असोज १८, काठमाडौँ | करिब नौ वर्ष अगाडि एक महिला उद्यमीले काठमाडौँको उत्तरी भेग गोकर्णबाट करिब रु १५ हजारबाट सुरु गर्नुभएको सानो व्यवसायले अहिले करिब र"/>
2026-06-17 10:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कल्पनाको सफलता: १५ हजारबाट थालेको ब्यबसाय अहिले ३ करोडको

(कृष्णराज गौतम) | असोज १८, काठमाडौँ | करिब नौ वर्ष अगाडि एक महिला उद्यमीले काठमाडौँको उत्तरी भेग गोकर्णबाट करिब रु १५ हजारबाट सुरु गर्नुभएको सानो व्यवसायले अहिले करिब रु तीन करोडको पुँजी विस्तार गरेको छ । 

वैदेशिक रोजगारीमा गएर जस्तो पनि दुःख कष्ट गर्न पछिनपर्ने कामदारका लागि स्वदेशमै केही गर्न सकिन्छ भनी प्रेरणाको स्रोत बन्नुभएको छ, सफल उद्यमी कल्पना योङहाङ (लिम्बू) । 

विसं २०६४ मा त्यही रु १५ हजार खर्चेर एउटा तान जम्मा गरी त्यसबाट ढाका बुन्न सुरु गर्नुभएकी लिम्बूले स्थापना गर्नुभएको ‘द हाइल्यान्ड आर्ट’ ले अहिले विश्व बजारमा नेपाली सीपबाट बनेका ढाका तथा ढाकाजन्य कपडाको पहिचानलाई विस्तार गर्दै गएको छ । 

सुरुमा आफैले उत्पादन गरेका वस्तुलाई विभिन्न स्थानमा डुलेर निकै दुःखका साथ अरुलाई किन्न हार गुहार गर्ने कल्पनाले अहिले करिब १०० थान कपडा बुन्ने तान जोडनुभएको छ । उहाँले भक्तपुर, कीर्तिपुरमा समेत व्यावसायिक रुपमा तान विस्तार गर्दै करिब १३० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिनुभएको छ । 

नेपाली हस्तकला तथा मौलिकताबाट बुनिएका रुमाल, सल, खाँडीका कपडा, सुरुवाल, मफलरलगायत वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरेको छ । 

व्यवसाय विस्तारका क्रममा दक्षिण कोरियाबाट पहिलो विदेश यात्रा सुरु गर्नुभएकी उहाँले अहिले युरोपका विभिन्न २७ तथा अन्य ११ राष्ट्र गरी ३८ वटा मुलुकको भ्रमण गर्नुभएको छ । 

सफल उद्यमी कल्पनाले नेदरल्यान्डमा ‘हिमालयन ज्वेलरी एण्ड हेन्डीक्राफ्टस्’ नामक शोरुम स्थापना गरी आफ्नो कम्पनीको उत्पादनलाई निर्यात गर्दै आउनुभएको छ । 

नेपालको पूर्वी पहाडी जिल्ला तेह्थुममा विसं २०१९ मा जन्मनुभएकी योङहाङले स्थापना गर्नुभएको उक्त संस्थाबाट रु ५० देखि रु ५० हजारसम्म मुल्य पर्ने वस्तु उत्पादन हुने गर्दछन् । उहाँले स्वदेश तथा विदेशका विभिन्न स्थानमा राम्रो उत्पादन तथा फेसन डिजाइनका लागि करिब १० हजार घन्टा तालिम लिनुभएको छ । 

ढाकाको उत्पादन नेपालीको परम्परागत सीप तथा वस्तु उत्पादन भएको बताउँदै उहाँले भन्नुभयो– “सरकारले साना घरेलु उद्यमीलाई व्यावसायिक बनाउन राष्ट्रिय योजना निर्माण गर्दा निश्चित बजेटको व्यवस्था गर्नुपर्छ ।” 

स्वदेशी उत्पादनलाई सरकारले औपचारिक कार्यक्रम तथा कर्मचारीको ड्रेसमा अनिवार्य प्रयोग गर्नुपर्ने सुझाव दिँदै उहाँले सरकारले यस किसिमको नीति अवलम्बन गरेमा बेरोजगारीको समस्याबाट आक्रान्त धेरै जनशक्तिलाई उत्पादनमा जोडेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सकिने विचार उहाँले व्यक्त गर्नुभयो । 

उहाँका अनुसार एक औपचारिक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत उक्त कम्पनीको उत्पादनलाई प्रयोग गर्नुभएको छ । 

विभिन्न किसिमका सङ्घसंस्थाले आयोजना गर्ने सौन्दर्य प्रतियोगिता (ब्युटी कन्टेस्ट)का सहभागी तथा चर्चित मोडेलले समेत इच्छाएका वस्तु तथा कपडा त्यहाँ खरिद गर्ने गर्दछन् । इन्टरनेट, मोबाइल, सामाजिक सञ्जाल तथा चिने जानेका साथीभाइबाट उहाँका उत्पादन खरिद बिक्री हुने गर्दछ । उक्त कम्पनीको उत्पादनले नेपाली बजारको मागलाई पूरा गर्न सकेको छैन । 

वर्षमा एकपटक आफ्नो जन्मदिनको तिथि पारेर विगतका दुःख तथा सङ्घर्षलाई समीक्षा गर्ने गरेको कल्पना बताउनुहुन्छ । विभिन्न सामाजिक कार्यमा समेत व्यस्त कल्पनाले प्राप्त गरेको सफलता धेरैका लागि ऊर्जा तथा उत्साहका रुपमा लिन सकिन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु