लक्ष्मीप्रसाद सापकोटा/असोज १८, पर्वत । झन्डै एक दशकदेखि अलपत्र बनेको यहाँको एक विकट गाउँमा करोडौ रुपैयाँको लगानीमा बनेको वायु ऊर्जा सञ्चालन गर्न स्थानीयले माग गरेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लक्ष्मीप्रसाद सापकोटा/असोज १८, पर्वत । झन्डै एक दशकदेखि अलपत्र बनेको यहाँको एक विकट गाउँमा करोडौ रुपैयाँको लगानीमा बनेको वायु ऊर्जा सञ्चालन गर्न स्थानीयले माग गरेका"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशकदेखि अलपत्र वायुऊर्जा सञ्चालन गर्न माग

१८ आश्विन २०७३, मंगलवार ०५:४७

लक्ष्मीप्रसाद सापकोटा/असोज १८, पर्वत । झन्डै एक दशकदेखि अलपत्र बनेको यहाँको एक विकट गाउँमा करोडौ रुपैयाँको लगानीमा बनेको वायु ऊर्जा सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । 

पर्वत जिल्लाको फलामखानी गाविसमा सञ्चालित हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मत सम्भारको अभावमा अलपत्र बनेको हो । डेढ दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायुऊर्जा उपकरण समय समयमा मर्मत सम्भारको अभावमा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन त भएको छैन, त्यहाँ जडित सामान समेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् । 

लथालिङ्ग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई पुनःसञ्चालन गर्न स्थानीयले माग गरेका छन् । दैनिकजसो हुने लामो विद्युत्भार कटौतीको पीडामा रहेको उक्त क्षेत्रका बासिन्दाले वायु ऊर्जा मर्मतका लागि माग गरेका हुन् । विसं २०६० सालमा स्थापना भएको उक्त केन्द्र २०६३ सालमा तीन वर्ष पछि नै बन्द भएको थियो । 

टिटिविजी नामक संस्थाले रु एक करोडभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजना निर्माण गरेको थियो तर संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि वायु ऊर्जा आयोजना अहिले अलपत्र अवस्थामा पुगेको छ भने त्यसमा भएको लगानी पनि डुबेको स्थानीय गोविन्द विश्वकर्माले बताउनुभयो । 

समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाँडामा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो । उक्त केन्द्र सञ्चालनमा आएपछि फलामखानी, भँगरालगायतका सयाँै घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । तर अहिले अलपत्र परेको अवस्थामा टुलुटुलु हेरेर बस्न परेको विश्वकर्माले बताउनुभयो । 

त्यतिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् । हावाको मापन समेत गर्न सकिने उक्त डाँडोमा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने उहाँले बतानुभयो । उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्नका लागि जिल्ला विकास समिति, नेपाल सरकार ऊर्जा मन्त्रालयलगायतसँग माग गरिएको विश्वकर्माले बताउनुभयो । 

सरकारले दुई वर्षभित्र मुलुकलाई नै पूर्ण विद्युत्भार कटौतीमुक्त गराउने घोषणा गरेका बेला यस्ता अलपत्र परेका योजनालाई थोरै लगानीमा पुनः सञ्चालन गर्नसकेमा अहिले भइरहेको विद्युत्भार कटौतीमा केही राहत मिल्ने स्थानीय गाविस सचिव टीकाराम सुवेदीले बताउनुभयो । 

संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक रिपोर्ट अनुसार नेपालमा तीनहजार मेगावाट विद्युुत् हावाबाट उत्पादन गर्न सकिन्छ । 

उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन गर्न सकिन्छ । वायु ऊर्जा आयोजना पुनःनिर्माण गर्न सकेमा फलामखानी गाविसका करिब १५० घरधुरी र छिमेकी गाविस भँगरा र पाखापानीका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला