२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कृषिमा आधुनिक प्रविधिको प्रयोग : आम्दानी दोब्बर

१३ आश्विन २०८०, शनिबार ०९:००

असोज १३, गलकोट | यहाँका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्य वस्तुको उत्पादन र आम्दानी दुवै बढाउन सफल भएका हुन् । आधुनिक प्रविधिको प्रयोग गर्दै आम्दानी बढाउनेमा किसान त्रिलोचन सापकोटा पनि रहेका छन् ।

तीन दशकभन्दा बढी समयदेखि कृषि पेशामा सक्रिय बागलुङ नगरपालिका–४ ढोडेनीका सापकोटाले प्रविधिको प्रयोगपछि आम्दानी दोब्बर भएको अनुभव सुनाए । उनले हाल १२ रोपनी जग्गामा नौवटा हाइटेक टनेलमा खेती गरिरहेका छन् । सापकोटाले प्रत्येक प्लाष्टिक टनेलमा थोपा सिँचाइ र मल्चिङ प्रविधि पनि अपनाएका छन् । उनले कालीगण्डकी पशुपालन तथा कृषि फार्म कम्पनी अन्तर्गत गाईभैँसीको पिसाबलाई शुद्धीकरण गरी प्लाष्टिक टनेलसम्म पुर्‍याउने व्यवस्था मिलाएका छन् ।

“व्यवासयिक कृषि र पशुपालन ३२ वर्षदेखि गरिरहेको छु, तर पछिल्लो पाँच वर्षयता मात्रै कृषिमा आधुनिक प्रविधिको प्रयोग सुरु गरेपछि वार्षिक आम्दानीमा दोब्बर भएको छ”, सापकोटाले भने, “बाह्र रोपनी जग्गामा नौवटा प्लाष्टिक हाइटेक टनेल र अन्य खाली जग्गामा तरकारी खेती गरिरहेको छु ।” 

उनले तीनवटा भैँसी र एउटा गाईबाट उत्पादन हुने दैनिक २५ लिटर दूध बिक्री गरिरहेका छन् भने एक रोपनी क्षेत्रफलमा स्थानीय जातको माछापालन गरिरहेका छन् । “गत जेठमा मात्रै रु दुई लाखको टमाटर बिक्री गरेँ, यो प्रविधिको प्रयोग सुरु गरेपछि यति राम्रो आम्दानी सम्भव भएको हो”, उनले सुनाए । उनले दुई जनालाई नियमित र अन्यलाई ज्यालादारीमा जागिर पनि दिएका छन् । 

 “प्रविधिकै कारण मौसमी र बेमौसमी तरकारी, काँक्रो, टमाटर, माछा र दूध बिक्रीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी भइरहेको छ”, उनले भने, “यही कमाइबाट तीन जना छोरालाई उच्च शिक्षासम्म पढाउन सकेँ ।” उनका एक छोरा अहिले अमेरिका र एकजना अष्ट्रेलिया रहेका छन् ।  “पशु र बालीमा कुनै रोगको सङ्क्रमण नभए आम्दानी राम्रो हुन्छ, सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पनि प्राप्त भइरहेको छ”, उनले भने, “तलब, ज्याला, मल, बीउलगायतमा वार्षिक रु पाँच लाख खर्च भए पनि रु १० लाख बचत हुन्छ ।” 

उनले यतिबेला कृषि फार्म बिस्तारको योजना बनाएका छन् । फार्मलाई पूर्णरुपमा विषादीमुक्त बनाउने योजना अनुसार गाईभैँसीको पिसाबलाई शुद्धीकरण गरी तरकारी बालीमा प्रयोग गरिरहेको उनको भनाइ छ ।  फार्म सञ्चालनका लागि साढे तीन रोपनी आफ्नै जग्गा छ । बाँकी जग्गाका लागि वार्षिक रु ८० हजार भाडा तिर्छन् । काउली, बन्दा, सिमी, साग, टमाटरलगायतका तरकारी उत्पादन गर्दै आएका सापकोटाको मुख्य आम्दानी भनेको टमाटर भएको उनले बताए ।

सापकोटालाई श्रीमती चित्रकुमारी र कान्छा छोरा सागरले पनि सहयोग गर्दै आएका छन् । सापकोटा सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको नेतृत्वमा पनि रहेका छन् । निरन्तरको कृषि लगावका कारण आफूले सफलता पाएको भन्दै सापकोटाले कृषिमा धैर्यता आवश्यक रहेको बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक