२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यास सिलिन्डरको मूल्य एक महिनामै ४५० रुपैयाँले बढ्यो

१४ आश्विन २०८०, आईतवार ०३:२२

असोज १४, काठमाडौँ | नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । विशेषगरी खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ । निगमले शनिबार रातिदेखि नै लागू हुने गरी निगमले ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

यस्तै, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँका दरले बढेको छ । भाउ बढेसँगै अब उपभोक्ताले एक सिलिन्डर ग्यासको २१ सय १० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यसैगरी, काठमाडौंमा पेट्रोलको प्रतिलिटर १८५ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिददरका आधारमा मूल्य समायोजन गरिएको आयाल निगमको भनाई छ । 

चाडपर्व नजिकिएको छ । पर्वको मुखमा यसरी भाउ वृद्धि गरिंदा सर्वसाधारण भने चर्को मारमा परेका छन् । खाना पकाउने ग्याससहितका पेट्रोलियम पदार्थमा यसअघि पनि मूल्य वृद्धि गरिएको थियो । विेशेषगरी पछिल्ला २ पटक यता ग्यासको भाउ बेस्सरी बढाइएको छ ।  

१ महिनाको अवधिमा खाना पकाउने ग्यासमा मात्रै ४५० रुपैयाँ मूल्य वृद्धि भइसकेको छ । आयल निगमले भने स्वचालित मूल्य प्रणाली लागू भएको बताएको छ । इन्डियन आयल निगमको नयाँ मूल्य सूचीकै आधारमा मूल्य बढाइएको दाबी गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ