२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिरोले आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध

१९ आश्विन २०७३, बुधबार ०६:४५

असोज १९, गोरखा । तनहुँको आँबुखैरेनी नगरपालिकास्थित ऐनापहरा नजिक पहिरो खसेपछि आज बिहान ८ बजेदेखि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध हुँदै आएको छ । 

गएराति परेको वर्षाका कारण बिहान पहिरो झरेको हो । पहिरोमा यात्रुवाहक, मालवाहक गाडी परे÷नपरेको यकिन भइसकेको छैन । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक रमेश श्रेष्ठका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ । “सडकमा ठूलो पहिरो झरेको छ” उहाँले भन्नुभयो, “पहिरो हटाउन तीनवटा डोजर परिचालन गरेका छौँ ।” स्काभेटरको अभावले गर्दा पहिरो हटाउन समस्या भएको श्रेष्ठले बताउनुभयो । 

पहिरोले सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डमा लामो सवारी चाप परेको छ । पहिरोले पोखरा र गोरखा क्षेत्रको आवतजावत ठप्प हुँदा यात्रु अलपत्र भएका छन् । पहिरो खुलाउन कम्तीमा चार घन्टा लाग्ने श्रेष्ठले बताउनुभयो । पहिरोले करिब २०० मिटर सडक अवरुद्ध बनाएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला