असोज २० पर्वत । नेपाल टेलिकमले जिल्लाको पातिचौर देउपुर क्षेत्रमा ल्याण्ड लाइन तथा एडिएसल इन्टरनेट सेवा विस्तार गर्ने कामलाई तिब्रता दिएको छ । पातिचौर र डिमुवामा रहेका विभिन्न संघसंस्थाले ल्याण्ड लाइनको माग गरेपछि विस्तारको कार्यलाई तिब्र पारिएको हो ।
    "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २० पर्वत । नेपाल टेलिकमले जिल्लाको पातिचौर देउपुर क्षेत्रमा ल्याण्ड लाइन तथा एडिएसल इन्टरनेट सेवा विस्तार गर्ने कामलाई तिब्रता दिएको छ । पातिचौर र डिमुवामा रहेका विभिन्न संघसंस्थाले ल्याण्ड लाइनको माग गरेपछि विस्तारको कार्यलाई तिब्र पारिएको हो ।
    "/>
४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पातिचौर क्षेत्रमा ल्याण्ड लाइन तथा एडिसिएल विस्तार

२० आश्विन २०७३, बिहीबार ०४:४८

असोज २० पर्वत । नेपाल टेलिकमले जिल्लाको पातिचौर देउपुर क्षेत्रमा ल्याण्ड लाइन तथा एडिएसल इन्टरनेट सेवा विस्तार गर्ने कामलाई तिब्रता दिएको छ । पातिचौर र डिमुवामा रहेका विभिन्न संघसंस्थाले ल्याण्ड लाइनको माग गरेपछि विस्तारको कार्यलाई तिब्र पारिएको हो ।
    संञ्जिविनी बहुउद्देश्यीय सहकारी संस्था पातिचौरको समन्वयमा  नेपाल टेलिकम बाग्लुङ र पर्वतले पातिचौर तथा डिमुवा बजार क्षेत्रमा ल्याण्ड लाइन विस्तार गरेको हो । १ सय ८० वटा निवेदन परेकोमा  हालसम्म १ सय ४९ जनाले उक्त सेवा पाएका छन् । अन्यको भने दशै पछाडी जोडिने बताइएको छ । उक्त क्षेत्रमा रहेका २६ वटा संघसंथाले सेवा लिएका छन् । दशै लगत्तै एडिएसल इन्टरनेट लाइनको विस्तार पनि दशै पछि हुने बताइएको छ । जसको लागि १ सय जनाले माग गरेका छन् ।
    जिल्लाको चहलहपल हुने क्षेत्र भएता पनि नेपाल टेलिकमले ल्याण्ड लाइन तथा एडिएसल इन्टरनेटको विस्तार नगरेका कारण आफुहरुले सहकारीका कार्य रजिस्टरमा गर्दै आएको संञ्जिवनी      सहकारीको अध्यक्ष सागर जिसी बताउँछन् । उनले अब ल्याण्ड लाइन तथा इन्टरनेट सेवा विस्तार भएपछि  निकै सहज हुने बताए । सेवा विस्तार भएसँगै खातामा हुदै आएका आयव्ययको व्यवस्थापन अब कम्प्युटरको प्रयोगबाट गराउने तयारी गरेको जिसीको भनाई छ ।
    पातिचौर डिमुवा क्षेत्रमा नेपाल टेलिकमले ल्याण्ड लाइन तथा इन्टरसेवा विस्तार गरेपछि स्थानीयहरु खुसि भएका छन् । ल्याण्ड लाइन तथा इन्टरनेटको महसुल तिर्न संञ्जीवनी सहकारीले स्थानीय संघसंस्था तथा राजनीतिक दल र अन्य सरोकारवाला निकायसँग छलफल गरी सोही क्षेत्रमा महसुल बुझाउने सुविधा समेत व्यवस्थापन गराउनको लागि टेलिकमसँग माग गरेको छ ।
     यस अघि सो      सहकारीले टेलिफोनको लागि आबेदन फाराम वितरण तथा     फाराम र जडान शुल्क संकलन कार्य आफ्नै कर्मचारी खटाई सम्पन्न गरेको थियो । उक्त क्षेत्रमा ल्याण्ड लाइन तथा इन्टरनेटको सेवा नभएका कारण सहकारीहरुले खातामा नै आयव्यय राख्दै आएका थिए । पर्वतको हुवास, फलेवास क्षेत्रमा पनि ल्याण्ड लाइनको माग हुदै आएको छ । तर अझसम्म पनि टेलिकमले उक्त सेवा विस्तार गर्न सकिराखेको छैन ।
    यसैविच नेपाल टेलिकमले दशै तिहारको अबसरमा नयाँ अफर ल्याएको छ । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा अफर दिनुका साथै छुट प्रदान गर्ने भएको छ ।
१. डाटा अफर
जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई दशैं, तिहार तथा छठको उपलक्ष्यमा डाटा अफर प्रदान गरी त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
    सो अनुसार आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म १०० एमबीको डाटा रु. ५०।( मा र २५० एमबीको डाटा रु. १००।( मा उपलब्ध गराइने छ । १०० एमबी डाटाको अवधि ५ दिन सम्म र २५० एमबी डाटाको अवधि १० दिनसम्म रहने छ । सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् ।
२. नाइट डाटा अफर
जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर पनि उपलब्ध गराइने छ । सो अनुसार राती १० बजे देखि बिहान ६ बजेसम्म रु. ४०।( मा ५०० एमबी र रु. ८५। मा १२०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यी डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिना सम्म उपलब्ध गराइने    छ ।
३. भ्वाइस कलमा छुट
जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ । सो अनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट रु. १।३५ र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ । उक्त छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराइने छ ।
४. एसएमएस अफर
हाल जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क रु. १।( भएकोमा आगामी असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराइने छ ।
५. स्थानीय टेलिफोनमा थप १०० कल निःशुल्क
कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवा (एक्त्ल्रऋम्ःब् ऋ(एजयलभ ) मा रु. २००।( मा १७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा २०७३ असोज र कात्तिक महिनाको मासिक महसुल रु. २००।( मा थप १०० लोकल कल उपलब्त्र गराइने छ । सो अनुसार अब असोज र कात्तिक महिनामा १७५ मा १०० कल थप गरी २७५ लोकल गर्न सकिने छ ।
६. एसिसिएल÷वाइम्याक्स÷एफटिटिएच सेवामा भाइलिटि थप गर्ने बताएको छ ।  दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म भाइलिटि सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म भाइलिटि सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने छ । लगायतका सेवाहरु उपलब्ध गराएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो