२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल टेलिकमद्वारा पचहत्तरै जिल्लामा थ्रीजी सेवा

२०७३, २१ आश्विन शुक्रबार ०८:२२

काठमाडौँ, २१ असोज । नेपाल टेलिकमले ७५ वटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । 

डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत सो सेवा सञ्चालनमा आएपछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । कम्पनीले दुनैमा असोज १९ गते र सिमिकोटमा असोज २० गते उक्त सेवा सञ्चालन आरम्भ गरेको हो । 

टेलिकमले जीएसएम मोबाइलमा थ्रीजी सेवा विसं २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडौँ उपत्यकाको चक्रपथभित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको थ्रीजी सेवा पछि सबै जिल्लामा विस्तार गरेको हो । थ्रीजी सेवामार्फत उपभोक्तालाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा समेत उपलब्ध गराएको कम्पनीले जनाएको छ । 

दसैँ, तिहार र छठमा विशेष छुट 

टेलिकमले दसैँ, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुबैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीने हाल प्रति एमबी ७ पैसासम्ममा रात्रि डाटा प्याकेज उपलब्ध गराइरहेको जनाएको छ । 

रात्रि डाटा अफर राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । सो सेवाअन्तर्गत रु ४० मा ५०० एमबी र रु ८५ मा एक हजार २०० एमबी डाटा प्रयोग गर्न सकिनेछ । रात्रि डाटा अफर आगामी पुस १५ गतेसम्म उपलब्ध गराइने बताइएको छ । 

त्यसैगरी कम्पनीले उपलब्ध गराएको डाटा अफरअन्तर्गत १०० एमबीको डाटा रु ५० मा र २५० एमबीको डाटा रु १०० मा उपलब्ध गराइएको छ । सो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्क रुपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन सक्नेछन् । उक्त अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ गतेदेखि २१ गतेसम्म उपलब्ध गराइने कम्पनीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त