महेन्द्र केसी, असोज २२ पर्वत । पर्वत जिल्लामा स्वास्थ्य परीक्षण नगरी मासु जन्य पशु पंक्षी खरिद  बिक्री भइरहेका छन् ।
    मासुको प्रयोजनका लागि खरिद बिक्रि हुने  पशु पंक्षीको  स्वास्थ्य परीक्षण गरिनु पर्ने भए पनि जिल्लामा भने त्यसो हुन सकेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, असोज २२ पर्वत । पर्वत जिल्लामा स्वास्थ्य परीक्षण नगरी मासु जन्य पशु पंक्षी खरिद  बिक्री भइरहेका छन् ।
    मासुको प्रयोजनका लागि खरिद बिक्रि हुने  पशु पंक्षीको  स्वास्थ्य परीक्षण गरिनु पर्ने भए पनि जिल्लामा भने त्यसो हुन सकेको"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी विक्रि हुँदै

२२ आश्विन २०७३, शनिबार ०३:३०

महेन्द्र केसी, असोज २२ पर्वत । पर्वत जिल्लामा स्वास्थ्य परीक्षण नगरी मासु जन्य पशु पंक्षी खरिद  बिक्री भइरहेका छन् ।
    मासुको प्रयोजनका लागि खरिद बिक्रि हुने  पशु पंक्षीको  स्वास्थ्य परीक्षण गरिनु पर्ने भए पनि जिल्लामा भने त्यसो हुन सकेको छैन । सदरमुकाम क्षेत्रमा स्वास्थ्य        परीक्षण नगरी बध गरेका खसी बोका, राँगा तथा अन्य जनावरको मासु विक्री भइरहेको छ ।
    जिल्लामा क्वारेण्ट टाइम चेकपोष्टको व्यवस्था नभएका      कारण अझैसम्म जिल्लामा कुनैपनि व्यापारीले विभिन्न जनावरको बध गर्नुभन्दा पूर्व जनावकारको स्वास्थ्य परिक्षण नगरी बध गर्ने गरेको जिल्ला  पशु कार्यालय पर्वतका विष्णु पाण्डे बताउँछन् । क्वारेण्ट पोष्टका व्यवस्था नभएसम्म स्वास्थकर मासुको उपभोग गर्नको लागि तथा जिल्लाबाट कति खसिबोका, भेडाच्याङ्ग्रा, राँगा, बंगुरको आयात निर्यात भयो भन्ने एकिन तथ्याङ नहुने पाण्डेको भनाई छ ।
    स्वस्थ मासु हो भनी उपभोक्ताले मासु उपभोग गर्नको लागि अझै २० बर्ष लाग्ने पाण्डेको भनाई छ । जिल्लामा आयात भएको मासुजन्य बस्तुको स्वास्थ्य परीक्षण गरी बध हुने परिपाटी हुन नसकेको उनको स्वीकारोक्ती छ ।
     दशैको समयमा ग्रामिण क्षेत्रवाट सदरमुकाम क्षेत्रमा ल्याइएका खसी बोका स्वास्थ्य परिक्षण नगरी बिक्रि भईरहेका छन् । सदरमुकाममा रहेको बध सालामा समेत स्वास्थ्य परिक्षण नगरी बध गरेका खसी बोकाको मासु बिक्रि हुने गरेको छ । कुश्मा नगरपालीका र जिल्ला पशु सेवा कार्यालय पर्वतले स्वास्थ्य परिक्षणका लागि कुनै पहल नगरेको मासु बिक्रेताहरुले बताएका      छन् ।
 जिल्ला बाहिर जाने खसी बोका र राँगा सहित कुखुराको स्वास्थ्य परिक्षण गरिने गरेको भए पनि डडेल्धुरा भित्रमा भने हाल सम्म स्वास्थ्य परिक्षण नगरेको जिल्ला पशु सेवा कार्यालय पर्वतले जनाएको छ । चाडपर्वको बेलामा व्यापारीले मरेका तथा सडेगलेको मासु समेत विक्रि वितरण गर्ने सक्ने भन्दै आम उपभोक्ताले सरोकारवाला निकायलाई बजारको व्यवस्थापन तथा निगरानी गर्नको लागि माग गरेका छन् ।
    दशैको समयमा मासुको अत्याधिक माग हुने भएकाले रोगीे पशु पक्षीको मासु बिक्रि हुन सक्ने भन्दै स्वास्थ्य परिक्षण गरेर मात्रै बिक्रि बितरण गर्ने व्यवस्था मिलाउनको लागि आम उपभोक्ताको माग छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल