असोज २२ पर्वत । आठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट शुभलक्ष्मी बहुउद्धेश्यीय सहकारी संस्था लि.को आठौं साधारण सभा तथा तेस्रो अधिवेशन कुश्मा सम्पन्न भएको     छ ।
    साधारणसभा तथा तेस्रो अधिवेशनले विषमकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २२ पर्वत । आठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट शुभलक्ष्मी बहुउद्धेश्यीय सहकारी संस्था लि.को आठौं साधारण सभा तथा तेस्रो अधिवेशन कुश्मा सम्पन्न भएको     छ ।
    साधारणसभा तथा तेस्रो अधिवेशनले विषमकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्य"/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शुभलक्ष्मी सहकारीको अक्ष्यक्षमा श्रेष्ठ चयन

२०७३, २२ आश्विन शनिबार ०३:३३

असोज २२ पर्वत । आठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट शुभलक्ष्मी बहुउद्धेश्यीय सहकारी संस्था लि.को आठौं साधारण सभा तथा तेस्रो अधिवेशन कुश्मा सम्पन्न भएको     छ ।
    साधारणसभा तथा तेस्रो अधिवेशनले विषमकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको संचालक समितिको उपाध्यक्षमा बसन्तकुमार जोशी, सचिवमा कमलनाथ शर्मा, कोषाध्यक्ष बशन्तकुमार कर्माचार्य रहेका  छन् । त्यस्तै सदस्हरुमा ईश्वर  गिरी, हिमबहादुर पौडेल, युवराज जोशी, निर्मल विश्वकर्मा, केदरनाथ शर्मा, शिवप्रसाद सुवेदी, राजेश कुमार श्रेष्ठ चयन भएका छन्  ।
    सोही भेलाले  कमलनाथ पोख्रेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसमा शिव शर्मा पौडेल र मुक्तिराम शर्मा रहेका छन् । त्यस्तै ऋण उपसमितिको संयोजक बाबुराम जोशी रहेका छन् भने सदस्यहरुमा रामचन्द्र्र जोशी र दिपुवाबु गिरी रहेका छन् । शिक्षा उपसमितिको संयोजकमा लेखनाथ उपाध्याय चयन भएका छन् भने सदस्यहरुमा शान्तिनारायण श्रेष्ठ र बाबुराम पौडेलल रहेका छन् ।
     सांसद अर्जुनप्रसाद जोशीको आथित्यतामा भएको उक्त कार्यक्रममा बोल्दै जोशीले     सहकारी बचत तथा ऋणमा मात्रै लगानी नगरे उत्पादनमुखी तथा पर्यटन क्षेत्रमा पनि लगानी गर्नुपर्नेमा जोड दिए ।
    उनले सहकारीलाई सेवाग्राहीमैत्री बनाउनुपर्नेमा समेत सहकारी संचालकहरुले ध्यान दिनुपर्ने सुझाए । कार्यक्रममा बरिष्ठ सल्लाहकार काशीकुमार जोशी, कानूनी सल्लाहकार भोलानाथ शर्मा, संचालक समिति सदस्य इश्वर गिरी तथा लेखनाथ उपाध्याय, संस्थापक शेयर सदस्य शिव शर्मा पौडेल, कार्यक्रम संयोजक शिवप्रसाद सुवेदी र व्यवस्थापक विजय पौडेलले आफ्नो विचार व्यक्त गरेका थिए ।
    विषमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त  कार्यक्रमको संचालन सचिव कमलनाथ शर्माले गरेका थिए । उक्त कार्यक्रममा धन्यबाद मन्तव्य बशन्तकुमार जोशीले गरेका थिए । भने कोषाध्यक्षको प्रतिबेदन बशन्तकुमार कर्माचार्य र सचिवको प्रतिबेदन कमलनाथ शर्मा र लेखा समिति प्रतिबेदन कमलनाथ पोख्रेलले प्रस्तुत गरेका थिए भने सर्वसहमत रुपमा उक्त प्रतिबेदनहरु  साधारणसभाबाट पारित भएका    थिए ।
    वि.स २०६४ सालमा स्थापनाद भई पाँच लाखबाट कारोबार शुरु गरेको सहकारीले अहिले एक करोडको आपपासमा लगानी गरेको छ भने शेयर पुर्जी १ करोड पाँच लाख रहेको सहकारीले जनाएको छ । सहकारीका ९६ शेयर सदस्य ९ सय १२ बचतकर्ता रहेका छन् ।सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विभिन्न समाजिक कार्यहरुमा समेत सक्रिय रुपमा लागेको छ । जसअनुसार गत बर्ष गुप्तेश्वर वेदबेदाङ्ग पाठाशालामा अध्यनरत बटुकहरुलाई  शुद्धपानी पिलाउन १५ हजार बराबरको   युरोगार्ड हस्तारण गरेको थियो भने सुरक्षित घर निर्माणको लागि २० हजार ५ सय ५५ नगद हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त