२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोटीका ग्रामीण सडकको कन्तबिजोग

२०७३, २५ आश्विन मंगलवार ०७:२१

भाडाघटाएर सडक मर्मत भएन: जिप संचालकको गुनासो  


प्रकाश बम | असोज २५,डोटी | डोटीमा परेको अविरल बर्षाका कारण ग्रामीण सडकको कन्तबिजोग भएको छ । आईत र सोमबार परेको अविरल पानीका कारण काम चलाउ मर्मत गरिएका ग्रामीण सडक  कन्तबिजोग अवस्थामा पुगेको दशै मनाउन घर गएका तेज डुम्रेलले बताए ।

जिपमा आफु चढेर जानु भन्दा जिपलाई नै धकेलेर लैजाउनु पर्ने वेला आएको डुम्रेलले बताए । दशै तिहार मनाउन देश बाहिरबाट घर आएकाहरुले सडकको दुरदशा देखेर निक्कै ठुलो गुनासो गरेका छन् ।

अर्को देशको बिकास र आफ्नो देशको विकासमा निक्कै फरक रहेको भन्दै, ‘आफु विदेशमा छँदा पनि सडकको लागि करौडौ रकम बिनियोजित गरेको फेशबुक,नेट इन्टर नेटरमा हालेको हेर्दा ग्रामिण सडकको अवस्था राम्रो भएको होला भन्ने सोचेको थिए।’ तर ‘त्यस्तो नभएको बिदेशमा काम गरेर फर्केका गगुडाका राम बमले बताए ।’

तर उता जिल्ला प्रशासन कार्यलय डोटीले ग्रामीण सडक मर्मतका लागि बिभिन्न कार्यलयहरु लाई काम बिभाजन गरेको थियो । ग्रामीण सडक मर्मतका लागि जिम्मेवारी तोकिएका कार्यलयले खासै राम्रोसंग सडक मर्मत नगरेको भन्दै स्थानिय आक्रोशित समेत भएका छन् । जन आक्रोश बढ्दै गए पछि दोस्रो पटक  प्रमुख जिल्ला अधिकारी केशब प्रसाद आश्र्चायको निर्देशनमा राजपुर देखि वायल सम्म सडक मर्मत गरिएको थियो ।

पटक–पटक झारो टार्ने किसिमले सडक मर्मत गरिए पनि ठेकेदार र उपभोक्ता समितिको लार्पावाहिका कारण यस्तो अवस्था श्रृजना भएको यात्रुहरुले बताएका छन् । मर्मतका नाममा खर्च भैरहेको करोडौं रकम कतै दुरुपयोग भैरहेको त छैन भन्ने कुरामा स्थानीयहरु   आशंका गर्न थालेका छन् । कामको वाडफाड र जिम्मेवारिमात्र बिभाजन गर्ने तर प्रभावकारी किसिमले अनुगमन अनि निरिक्षण नगरेको भन्दै स्थानियहरुले प्रशासन माथि पनि आक्रोश पोखेका छन् ।

ग्रामीण सडकमा भाडादरमा कडा गरे जस्तै सडक मर्मतमा पनि तदारुकता देखाउनु पर्ने जिप संचालकहरुको गुनासो छ । सडको यस्तो  दुरुवास्था  हँुदाहुँदै पनि यहाँका सरोकारवाला सबै कानमा तेल हालेर बसे दुर्घटनाहरु बढ्न सक्ने सजिलै ठम्याउन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति