२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दसैं अवधिभरमा १० करोड ४३ लाख ८१ हजार राजश्व असुली

२९ आश्विन २०७३, शनिबार १२:२९

असोज २९, विराटनगर | विराटनगर भन्सार कार्यालयले दसैं अवधि भरमा १० करोड ४३ लाख ८१ हजार राजश्व असुली गरेको छ । कार्यालयले सप्तमीमा अर्थात असोज २२ गते ३ करोड ५९ लाख असोज २३ गते १ करोड राजश्व असुली गरेको जनाएको छ । यसैगरी हिजो ५ करोड ६९ लाख राजश्व असुली भएको भन्सार अधिकृत अर्जुन न्यौपानेले बताउनुभयो । 

नवमी, दशमी तथा एकादशी दशै विदा परेको भएतापनी सो अवधिमापनी भन्सार कार्यालयले १५ लाख राजश्व असुली गरेको अधिकृत न्यौपानेले बताउनुभयो । 

सो अवधिमा तरकारी, फलफुल, कपडा  लगायतका समान विराटनगर भित्रिएका छन । विराटनगर भन्सार कार्यालयले दैनिक ६ करोड राजश्व संकलनगर्दै आएको छ । हिजो बाट देखी सो लक्ष्य अनुसारको राजश्व संकलन हुन थालेको अधिकृत न्यौपानेले बताउनुभयो ।

अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिन मात्र बन्द भएको थियो  । सर्वसाधारणको सहजताका लागि नवमी र दशमीको दिन  मात्र बन्द भएको थियो। कार्यालय प्रमुख कृष्ण बस्नेतका अनुसार सर्वसाधारणको सहजता र उद्योगी व्यापारिको सहजताको लागी दशै जस्तो महान पर्वमा पनि भन्सार सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । 

विराटनगर भन्सार कार्यालयले दैनिक करिब रु छ करोडको राजस्व सङ्कलन गर्दै आएको छ । बन्दका समयमा पनि उद्योगी व्यापारीलाई भन्सार निकासी पैठारीमा सहयोग पुर्याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बस्नेतको रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…