२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दसैं अवधिभरमा १० करोड ४३ लाख ८१ हजार राजश्व असुली

२०७३, २९ आश्विन शनिबार १२:२९

असोज २९, विराटनगर | विराटनगर भन्सार कार्यालयले दसैं अवधि भरमा १० करोड ४३ लाख ८१ हजार राजश्व असुली गरेको छ । कार्यालयले सप्तमीमा अर्थात असोज २२ गते ३ करोड ५९ लाख असोज २३ गते १ करोड राजश्व असुली गरेको जनाएको छ । यसैगरी हिजो ५ करोड ६९ लाख राजश्व असुली भएको भन्सार अधिकृत अर्जुन न्यौपानेले बताउनुभयो । 

नवमी, दशमी तथा एकादशी दशै विदा परेको भएतापनी सो अवधिमापनी भन्सार कार्यालयले १५ लाख राजश्व असुली गरेको अधिकृत न्यौपानेले बताउनुभयो । 

सो अवधिमा तरकारी, फलफुल, कपडा  लगायतका समान विराटनगर भित्रिएका छन । विराटनगर भन्सार कार्यालयले दैनिक ६ करोड राजश्व संकलनगर्दै आएको छ । हिजो बाट देखी सो लक्ष्य अनुसारको राजश्व संकलन हुन थालेको अधिकृत न्यौपानेले बताउनुभयो ।

अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिन मात्र बन्द भएको थियो  । सर्वसाधारणको सहजताका लागि नवमी र दशमीको दिन  मात्र बन्द भएको थियो। कार्यालय प्रमुख कृष्ण बस्नेतका अनुसार सर्वसाधारणको सहजता र उद्योगी व्यापारिको सहजताको लागी दशै जस्तो महान पर्वमा पनि भन्सार सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । 

विराटनगर भन्सार कार्यालयले दैनिक करिब रु छ करोडको राजस्व सङ्कलन गर्दै आएको छ । बन्दका समयमा पनि उद्योगी व्यापारीलाई भन्सार निकासी पैठारीमा सहयोग पुर्याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बस्नेतको रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति