२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको त्रियानब्बे प्रतिशत घरधुरीमा खानेपानी सुविधा

३० आश्विन २०७३, आईतवार ०६:२९

असोज ३०, बाबियाचौर (म्याग्दी) | त्रियानब्बे प्रतिशतभन्दा बढी घरधुरीमा आधारभूत खानेपानी सुविधाको पहुँच पुगेको छ । 

आधारभूत खानेपानी र सरसफाइमा पहुँच बढेसँगै दूषित पानी र फोहोरका कारण लाग्ने स्वास्थ्य समस्या कम भएको बताइएको छ । चौबिस हजार पाँच सय ९९ घरधुरीको बसोवास रहेको म्याग्दीका २२ हजार ९३५ घरधुरीमा खानेपानीको सुविधा पुगेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले जनाएको छ । 

आव २०७१/७२ सम्म ९१.४४ प्रतिशत घरधुरीमा व्यवस्थित खानेपानी सुविधा रहेकामा २०७२/७३ मा निर्माण भएका आयोजनाबाट करिब तीन प्रतिशत विस्तार भएको सबडिभिजन प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो । 

मुहान सफा र व्यवस्थित भएको र मुहानबाट प्रशोधन गरी धाराबाट वितरण गरिने खानेपानीमा सर्वसाधारणको सहज पहुँच भएको अवस्थालाई आधारभूत खानेपानी सुविधा भएको मानिन्छ । जिल्लामा हालसम्म ५७० व् खानेपानी योजना निर्माण भएका छन् । 

बेनी, गलेश्वर, बाबियाचौर र राम्चेका दुई हजार चार सय ९० घरधुरीमा निजी धारा जडान भएको छ । आगामी पाँच वर्षसम्म शतप्रतिशत घरधुरीमा खानेपानीको धारा जडान गर्ने लक्ष्य राखिएको इन्जिनियर केसीले बताउनुभयो । 

उपभोक्ताको सुविधा र दिगो व्यवस्थापनका लागि एक घर एक धाराको अवधारणा अघि सारिएको हो । मुहानको संरक्षण तथा रिजर्भ ट्याङ्कीमा सङ्कलन गरी प्रशोधन गरेपछि सार्वजनिक अथवा व्यक्तिगत धाराको खानेपानी उपभोग गर्नेलाई सुरक्षित मानिन्छ । खुला मुहान, कुवा, खोल्साको पानीलाई प्रशोधन नगरी सिधै उपयोग गर्नुलाई असुरक्षित मानिन्छ । 

असुरक्षित पानीको उपभोग गर्ने घर सङ्ख्या जिल्लामा दुई हजारको हाराहारीमा छ । खानेपानी र सरसफाइमा पहुँच वृद्धि गरी दूषित पानी तथा फोहोरजन्य रोग न्यूनीकरण गर्न जोड दिइएको इन्जिनियर पौडेलले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…