४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दरौँदी ए जलबिद्धुतको परीक्षण उत्पादन

१ कार्तिक २०७३, सोमबार ०२:५५

कात्तिक १, गोरखा । गोरखाको मुच्चोकमा निर्माण गरिएको ६ मेगावाट क्षमताको दरौँदी ए जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु गरिएको छ । 

असोज २२ गतेदेखि विभिन्न चरणमा परीक्षण उत्पादन गरिँदै आएको आयोजनाले जनाएको छ । उक्त आयोजना कालिका हाइड्रोपावर कम्पनीले रु एक अर्ब १० करोडको लगानीमा निर्माण गरेको हो । 

आयोजनाको सम्पूर्ण परीक्षण सकिएपछि नेपाल विद्युत् प्राधिकरणलाई छिट्टै विद्युत् बिक्री सुरु गरिने आयोजना निर्माण कम्पनीका प्रबन्धक विष्णु पन्तले बताउनुभयो । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको पावर हाउस चनौटेमा निर्माण गरिएको छ । चनौटेदेखि गोरखा सदरमुकामको हरमटारीस्थित विद्युत् सवस्टेसनसम्म प्रसारण लाइन ल्याइएको छ । 

आयोजनाको विद्युत् १५ दिनसम्म नेपाल विद्युत् प्राधिकरणले निःशुल्क रुपमा प्रयोग गरेपछि व्यावसायिक रुपमा आयोजनाको विद्युत् उत्पादन गरिने बताइएको छ । गत असारमा विद्युत् उत्पादन हुने लक्ष्य राखिएको भए पनि भूकम्प, नाकाबन्दी जस्ता समस्याले गर्दा तोकिएको समयभन्दा केही ढिलो विद्युत् उत्पादन भएको हो । 

आयोजनाको विद्युत् गोरखास्थित सवस्टेसनमा जडान गरेपछि गोरखामा विद्युत् भार कटौती नहुने बताइएको छ । तीन केभीए क्षमताको सवस्टेसनलाई क्षमता बढाएर आठ केभीए क्षमताको बनाउने काम भइरहेको छ । दरौँदी ए आयोजना निर्माण सकिएपछि दरौँदीमै १० मेगावाट क्षमताको अर्को आयोजना निर्माण गरिने पन्तले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ