२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दरौँदी ए जलबिद्धुतको परीक्षण उत्पादन

२०७३, १ कार्तिक सोमबार ०२:५५

कात्तिक १, गोरखा । गोरखाको मुच्चोकमा निर्माण गरिएको ६ मेगावाट क्षमताको दरौँदी ए जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु गरिएको छ । 

असोज २२ गतेदेखि विभिन्न चरणमा परीक्षण उत्पादन गरिँदै आएको आयोजनाले जनाएको छ । उक्त आयोजना कालिका हाइड्रोपावर कम्पनीले रु एक अर्ब १० करोडको लगानीमा निर्माण गरेको हो । 

आयोजनाको सम्पूर्ण परीक्षण सकिएपछि नेपाल विद्युत् प्राधिकरणलाई छिट्टै विद्युत् बिक्री सुरु गरिने आयोजना निर्माण कम्पनीका प्रबन्धक विष्णु पन्तले बताउनुभयो । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको पावर हाउस चनौटेमा निर्माण गरिएको छ । चनौटेदेखि गोरखा सदरमुकामको हरमटारीस्थित विद्युत् सवस्टेसनसम्म प्रसारण लाइन ल्याइएको छ । 

आयोजनाको विद्युत् १५ दिनसम्म नेपाल विद्युत् प्राधिकरणले निःशुल्क रुपमा प्रयोग गरेपछि व्यावसायिक रुपमा आयोजनाको विद्युत् उत्पादन गरिने बताइएको छ । गत असारमा विद्युत् उत्पादन हुने लक्ष्य राखिएको भए पनि भूकम्प, नाकाबन्दी जस्ता समस्याले गर्दा तोकिएको समयभन्दा केही ढिलो विद्युत् उत्पादन भएको हो । 

आयोजनाको विद्युत् गोरखास्थित सवस्टेसनमा जडान गरेपछि गोरखामा विद्युत् भार कटौती नहुने बताइएको छ । तीन केभीए क्षमताको सवस्टेसनलाई क्षमता बढाएर आठ केभीए क्षमताको बनाउने काम भइरहेको छ । दरौँदी ए आयोजना निर्माण सकिएपछि दरौँदीमै १० मेगावाट क्षमताको अर्को आयोजना निर्माण गरिने पन्तले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति