पंकज धामी । कात्तीक १, दार्चुला | नेपालको दार्चुला र भारतको पिथौरागढ जिल्ला जोड्ने विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माणका लागी सम्झौता भएको वषौ वितिसक्दा समेत पुल निर्माणको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी । कात्तीक १, दार्चुला | नेपालको दार्चुला र भारतको पिथौरागढ जिल्ला जोड्ने विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माणका लागी सम्झौता भएको वषौ वितिसक्दा समेत पुल निर्माणको"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पञ्चायत कालमा बन्ने भनेको पुल अझै निर्माण सुरु भएन

१ कार्तिक २०७३, सोमबार ०३:२५

पंकज धामी । कात्तीक १, दार्चुला | नेपालको दार्चुला र भारतको पिथौरागढ जिल्ला जोड्ने विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माणका लागी सम्झौता भएको वषौ वितिसक्दा समेत पुल निर्माणको थालनी नहुदा यस क्षेत्रका स्थानियमा निराशा छाएको छ । 

पञ्चायत कालदेखी जिल्लाको लागी गाविस वडा नं. १ लालीमा छोटी भन्सार कार्यालय समेत स्थापना भएको र त्यही बेला देखी नै दार्चुलाको लाली र पिथौरागढ जिल्लाको डौडा जोड्ने झोलुङ्गे पुल निर्माणका लागी कुरा अगाडी बढाईएको भएपनि अहिले सम्म पुल निर्माण नभएको स्थानिय दशरथ भण्डारीले बताउनु भयो । “पञ्चायत देखी नै समान ओसार पोसार गर्दा भन्सार काट्ने गर्थे” ७० वर्षिय स्थानिय भण्डारीले भन्नु भयो “त्यसपछि नेता देखी राज दुत सम्मकाले पुल निर्माण छिट्टै गर्ने भनेर भनेपनि अहिले सम्म पुल निर्माण हुन सकेको छैन् ।” नेपालमा होस या भारतमा राजनैतिक चुनाव हुदा राजनितिक दलहरुले उक्त ठाउमा पुल बन्ने आश्वासन बेला बेला दिने गरेको स्थानिय बताउछन् । वि.स. २०७१/७२ मा भारतिय राजदुताबासको सहयोगमा बनेका दार्चुलाका केही विद्यालयको उद्घाटनका क्रममा दार्चुला पुगेका नेपालका लागी तत्कालिन भारतिय राजदुत रणजित रायले पनि उक्त ठाउमा पुल निर्माणका लागी बजेट समेत घोषणा गरेको लाली वडा नं. १ का स्थानिय व्यापारी तारासिह भण्डारीले बताउनु भयो । 

“लाली र तिघरममा पुल निर्माणका लागी सँगै सम्झौता भएको हो” व्यापारी भण्डारीले भन्नुभयो “तिघरममा पुलको सिलान्यास पनि भैसक्यो तर लाली गाविसको सिमानामा पुल बन्ने नबन्ने अहिले सम्म केही जानकारी आएको छैन् ।” दार्चुलाको धौलाकोट गासिसको तिग्रम घाट र भारतको रौकिनाला जोड्ने पुल निर्माणका लागी नेपाल सरकारको केन्द्रिय स्तरबाटै ३० देखी ३५ लाख सम्मको बजेट विनियोजन भएर ९४ मिटर लामो पुलको असोज १२ गते शिलान्यास भएको गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला