कात्तिक १, काठमाडौं । आउँदो पुसदेखि काठमाडौं र पोखरामा नेपाल टेलिकमले अहिले भन्दा २० गुणा बढी चल्ने ‘फोर-जी’ इन्टरनेट वितरण गर्ने भएको छ । यो नयाँ योजनासंगै टेलिकमको इन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, काठमाडौं । आउँदो पुसदेखि काठमाडौं र पोखरामा नेपाल टेलिकमले अहिले भन्दा २० गुणा बढी चल्ने ‘फोर-जी’ इन्टरनेट वितरण गर्ने भएको छ । यो नयाँ योजनासंगै टेलिकमको इन"/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुसदेखि नेपाल टेलिकमको इन्टरनेट २० गुणा छिटो चल्ने

२०७३, १ कार्तिक सोमबार १३:५०

कात्तिक १, काठमाडौं । आउँदो पुसदेखि काठमाडौं र पोखरामा नेपाल टेलिकमले अहिले भन्दा २० गुणा बढी चल्ने ‘फोर-जी’ इन्टरनेट वितरण गर्ने भएको छ । यो नयाँ योजनासंगै टेलिकमको इन्टरनेटको स्पिड प्रतिसेकेन्ड १०० एमबीपीएससम्म हुनेछ । 

दूरसञ्चार प्राधिकरणले उपलब्ध गराउने १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमार्फत पहिलो चरणमा टेलिकमले उक्त सेवा दिने तयारी गरेको हो । टेलिकमले फोर-जी सञ्चालनको लागि आवश्यक उपकरण यसअघि नै खरिद गरिसकेको छ । यसअघि असोज १६ गते नेपाल दूरसञ्चार प्राधिकरणले फोर-जी सञ्चालनको लागि नेपाल टेलिकमसँग विस्तृत कार्ययोजना माग गरेको थियो । अहिले सोहि योजना बमोजिम टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक पत्र पेश गरेको छ ।

टेलिकमको उक्त योजना आएपछि उक्त सेवाको कभरेजमा पर्ने स्थानहरुमा अति उच्च गतिमा इन्टरनेट चलाउन सकिन्छ । टेलिकमले उच्च गतिमा इन्टरनेट प्रदान गर्ने भनेपनि सेवा शुल्क घटाउने/नघटाउने बिषयमा भने केहि बताएको छैन । अहिले टेलिकमले देशभर थ्रीजी सेवा दिएको अवस्थामा डाटा शुल्क निकै महँगो रहेको प्रयोगकर्ताको गुनाशो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त