२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा चौधवटा झोलुङ्गे पुल निर्माण हुने

२ कार्तिक २०७३, मंगलवार ०१:४६

कात्तिक २, बैतडी | बैतडीमा चालु आवमा १४ वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत जिल्ला परिषद्ले पारित गरेका पुल निर्माण गरिने जिल्ला विकास समिति बैतडीले जनाएको छ । 

जिल्लाका विभिन्न १४ स्थानमा १४ वटा झोलुङ्गे पुल निर्माण हुने स्थानीय विकास अधिकारी खेमराज विष्टले जानकारी दिनुभयो । चौधवटा पुल निर्माणका लागि रु एक करोड १० लाख ४१ हजार बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । 

जिल्ला परिषद्ले पारित गरेका झोलुङ्गे पुल निर्माणका लागि उपभोक्ता समिति गठनका लागि सम्बन्धित गाविस र नगरपालिकालाई परिपत्र गरिसकिएको बताइएको छ । 

देहीमाडौँको जोलाघट्टमा, डिलाशैनीको मनकुडामा, आम्चोराको विनायकमा, शङ्करपुरको घुरसैनीमा, पाटन नगरपालिकाको गागरमा झोलुङ्गे पुल निर्माण हुने जिल्ला विकास समितिले जनाएको छ । 

यस्तै, कैलपालको गोसाइमा, कोटपेट्राको नानरामा, रीमको जमाडीमा, भौनेलीको बाजाघट्टमा, दशरथचन्द नगरपालिकाको धारीगाडमा, श्रीकेदार र दुर्गाभवानीको भण्डारीगाडमा, दुर्गाभवानीको कंसनीगाडमा र महारुद्रको रड्म्यागाडमा झोलुङ्गे पुल निर्माण हुनेछन् । 

चालु आवभित्रै १४ वटा पुलको निर्माण कार्य सम्पन्न गरिने जिल्ला विकास समितिले जनाएको छ । यसैगरी जिल्लामा पहिला बनेका झोलुङ्गे पुलको नियमित मर्मतका लागि रु सात लाख, बृहत् मर्मतका लागि रु २५ लाख र तालिम कार्यक्रमका लागि रु दुई लाख बजेट विनियोजन गरिएको जिल्ला विकास समितिले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…