२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखराको फिर्केखोलामाथि अब मोटरेबल पुल बन्ने

२०७३, २ कार्तिक मंगलवार ०२:२५

कात्तिक २, पोखरा । पोखरा नगर क्षेत्र भएर बग्ने फिर्के खोला माथि मोटर चल्ने पुल निर्माण गरिने भएको छ । 

व्यवस्थित पुलको अभावमा वर्षातको समयमा खोला उर्लिँदा सवारीसहित मानिस बगाउने समस्या बढ्दै गएपछि जिल्ला विकास समिति कास्कीको सक्रियतामा पुल निर्माण गर्न लागिएको हो । 

पोखरा उपमहानगरपालिका–६ बैदाम र उपमहानगर–७ जोड्ने गरी मालपोत कार्यालय कास्की नजिकै निर्माण गर्न लागिएको सो पुलको सोमबार यहाँ आयोजित एक समारोहका बीच स्थानीय विकास अधिकारी दामोदर भण्डारीले शिलान्यास गर्नुभयो । 

कुल रु एक करोड आठ लाख २९ हजार लागतमा निर्माण हुन लागेको १० मिटर लम्बाइको सो पुल आगामी २०७४ असोज ३ गतेभित्र निर्माण सम्पन्न गरिने प्रमुख जिल्ला इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपाल सरकारको ७० प्रतिशत र जिल्ला विकास समिति कास्कीको ३० प्रतिशत सहयोगमा पुल निर्माण सम्पन्न गरिनेछ । शिलान्यास कार्यक्रममा स्थानीय विकास अधिकारी भण्डारीले स्थानीयवासीको माग र आवश्यकताअनुसार जिल्ला विकास समितिले पुल निर्माण गर्न लागिएको बताउनुभयो । 

कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, प्रमुख जिल्ला इन्जिनियर नारायण श्रेष्ठ, फिर्के खोला सरोकार समितिका अध्यक्ष रत्नबहादुर ठकुरी, जिविसका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेलगायतले पुलको महत्व र फिर्के खोला संरक्षणको विषयमा आआफ्ना धारणा राख्नुभएको थियो । 

नयाँ पुल बन्न लागेको स्थानमा कलभर्ट मात्रै हुँदा खोला उर्लेका बेला आवतजावतमा समस्या हुने गरेको बताउने स्थानीयवासी नयाँ पुल बन्ने भएपछि सुरक्षित आवतजावत गर्न सकिने कुराले हर्षित बनेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति