कात्तिक ४, काठमाडौँ । अबको दुई हप्तापछि काठमाडौँ उपत्यकामा साझाका थप तीस बस सञ्चालनमा आउने भएका छन् । 

काठमाडौँ महानगरपालिकाको १० करोड लगानीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ४, काठमाडौँ । अबको दुई हप्तापछि काठमाडौँ उपत्यकामा साझाका थप तीस बस सञ्चालनमा आउने भएका छन् । 

काठमाडौँ महानगरपालिकाको १० करोड लगानीम"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई हप्तापछि साझाका तीस बस सञ्चालन हुने

४ कार्तिक २०७३, बिहीबार ०३:४१


कात्तिक ४, काठमाडौँ । अबको दुई हप्तापछि काठमाडौँ उपत्यकामा साझाका थप तीस बस सञ्चालनमा आउने भएका छन् । 

काठमाडौँ महानगरपालिकाको १० करोड लगानीमा साझाले पछिल्लो समय उपत्यकाका लागि थप तीस बस सञ्चालन गर्ने तयारी गरेको छ । तीसवटै बस भारतबाट असोजको पहिलो साता नै ल्याइसकेको भए पनि प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापनलगायतको काम भइरहेकाले दुई सातापछि काठमाडौँ उपत्यकामा सबै बस सञ्चालन हुने साझा यातायातका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए । 

पाण्डेका अनुसार यी ३० वटा बसमध्ये केही पुरानै रुटमा कायम गरिनेछ भने केही कलङ्कीदेखि भक्तपुर, गोदावरी—रत्नपार्क, बालाजुबाट ठमेल हुँदै विमानस्थलमा सञ्चालन गर्ने तयारी रहेको छ । 

उपत्यकाबाहिर निरन्तर सेवा 

पछिल्लो समय साझा यातायातले २०७० साल वैशाखदेखि उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गर्दै आएको भएपनि दश वर्षपछि गत असोज १६ गतेदेखि उपत्यकाबाहिर पनि आठ बस सञ्चालन सुरु गरेको छ । 

उक्त सेवाबाट यात्रुले निरन्तर सेवा पाउने पाण्डेले जानकारी  दिए । अहिले काठमाडौँबाट गोरखा, बाग्लुङ, वीरगन्ज, भैरहवा र लुम्बिनीमा साझाले सेवा दिइरहेको छ । उपत्यकाबाहिर थप बस सञ्चालन गर्नका लागि रुट अनुमतिबारे छलफल भइरहेको पाण्डेले जानकारी  दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन