साजन परियार/कात्तिक ४, पर्वत
गत बैशाख १२ गतेको भुकम्पले भत्काएको पर्वतको एक विद्यालयको पुर्ननिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको शंकरपोखरी –८ स्थित बालज्योती प्राथमिक विद्यालयको पुर्ननिर्माणका लागि रोजगारीका लागि लण्डन बस्दै आएका नेपालीहरुले  झ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साजन परियार/कात्तिक ४, पर्वत
गत बैशाख १२ गतेको भुकम्पले भत्काएको पर्वतको एक विद्यालयको पुर्ननिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको शंकरपोखरी –८ स्थित बालज्योती प्राथमिक विद्यालयको पुर्ननिर्माणका लागि रोजगारीका लागि लण्डन बस्दै आएका नेपालीहरुले  झ"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्यालयलाई प्रवासीको सहयोग

४ कार्तिक २०७३, बिहीबार १०:१०

साजन परियार/कात्तिक ४, पर्वत
गत बैशाख १२ गतेको भुकम्पले भत्काएको पर्वतको एक विद्यालयको पुर्ननिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको शंकरपोखरी –८ स्थित बालज्योती प्राथमिक विद्यालयको पुर्ननिर्माणका लागि रोजगारीका लागि लण्डन बस्दै आएका नेपालीहरुले  झण्डै साढे ५ लाख भन्दा बढि नगद सहयोग गरेका हुन् । पर्वतको कुश्मा घर भई हाल लण्डन(यू के) मा बस्दै आएका दिपककुमार जोशीको सक्रियतामा माईडस्टोन गोर्खा नेपालीज् कम्युनिटी यूके मार्फत संकलन भएको ५ लाख ६६ हजार रुपैया आज एक कार्यक्रमको आयोजना गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
दलित समुदायका विद्यार्थी मात्र अध्ययनरत उक्त विद्यालयको सबै भवन पूर्ण रुपले भत्किदा पठानपाठनमा समस्या भएको थियो  । भुकम्पका कारण जीर्ण अवस्थामा पुगेको विद्यालयलाई नयाँ ठाउँमा स्थानान्तरण गरि पुन ः निर्माणका सहयोग गरि विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले आफुहरुले उक्त रकम सहयोग गरेको जोशीले बताउनु भयो । लण्डनमा बस्दै आएका नेपालीहरुले भुकम्पवाट प्रभावित बनेका विद्यालयहरुको पुर्ननिर्माणका लागि अरु सहयोग पनि उठाउने र भविष्यमा विपदमा परेका जुनसुकै विद्यालयलाई पनि आफुहरु सहयोग गर्न इच्छुक रहेको बताउन्ु भयो । उक्त कार्यक्रममा विद्यालयका प्रधनाध्यापक हरिप्रसाद तिवारीले विद्यालयको भौतिक विकासका व्यक्तिगत १० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै सोही कार्यक्रममा विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष कृष्णवहादुर वि.क र शिक्षक अभिभावक संघका अध्यक्ष जुध्दवहादुर विकले ५÷५ हजार सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
कार्यक्रममा बोल्दै  जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत राजेन्द्रवहादुर क्षेत्रीले भुकम्पग्रस्त विद्यालयको पूर्ननिर्माणमा प्रवासीहरुले गरेको सहयोग प्रशंशानिय रहेको बताउनु भयो । उहाँले विद्यालयको भौतिक निर्माणका लागि जिल्ला शिक्षा कार्यालर्यले थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अधिकृत क्षेत्रीले दाताहरुले दिएको सहयोगलाई सफलतापूर्वक कार्यान्वयन गर्न शिक्षक र अभिभाकबीच सहकार्यको आवश्यकता रहेको बताउनु भयो । विद्यालयको शैक्षिक सुधारका लागि  शिक्षक, अभिभावक र विद्याथीहरु विच नङ मासुको सम्वन्ध भएको बताउँदै विद्यालयको शैक्षिक सुधारका लागि शिक्षक थप जिम्मेवारी हुनुपर्नेमा जोड दिनुपर्ने बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक हरि तिवारीले भुकम्पले विद्यालयको भवनमा क्षति पु¥याएपछि पठानपाठनमा समस्या भएको बताउँदै सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । विद्यालयलाई माईडस्टोन गोर्खा नेपालीज् कम्युनिटी यूकेले गरेको सहयोगमा आभार व्यक्त गदै सहयोगलाई सदुपयोग गरी भवन निर्माण गर्न सहकार्य र समन्वय गर्ने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णवहादु्र विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस गाउँ कार्य समिति शंकरपोखरी पार्टी सभापति अर्जुनवहादुर के सी, नेकपा एमाले गाउँ कमिटी उपसचिव यज्ञ पौडेल, एनेकपा माओवादी शंकरपोखरीका उपसचिव विष्णुप्रसाद भुषाल, विद्यलय निरिक्षक झकप्रसाद गौत्तम, त्रिभुवन उच्च मा.वि शंकरपोखरी श्रोत केन्द्रका श्रोत व्यक्ति ढकप्रसाद तिवारी, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष्य चुडामणि शर्मा, लायन्स क्लव अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३ सय २५  बी वान नेपालका रिजन चेयरपर्सन बसन्तकुमार कर्माचार्य, लायन्स क्लवका जि.यल.टी.कोडीनेटर लेखनाथ उपाध्याय, विद्यालय व्यवस्थापन समिति सदस्य कुलवहादुर वि.क,शिक्षक अभिभावक संघका अध्यक्ष जुघ्दवहादुर वि.क, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बावुराम सुनार, पूर्व वडाध्यक्ष हिमलाल सुनार, राम मा.विका प्रध्यानाध्यापक विष्णुप्रसाद भुषाल लगायतले बोल्नु भएको थियो । उक्त कार्यक्रममा गायक तथा सञ्चारकमीले गितका माध्यमवाट कार्यक्रमलाई रोमञ्चित बनाउनु भएको थियो । बालज्याती प्राथमिक विद्यालयका शिक्षिका गिता वि.कको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक नारायण सापकोटाले गर्नुभएको थियो ।
 
वि.स २०४७ सालमा स्थापना भएको विद्यालयमा हाल ८२ जना विद्यार्थीहरु अध्ययानरत छन् । वैशाख १२ गतेको भुकम्प पछि कक्षाकोठाहरुको पुर्ननिर्माणका लागि काम शुरु भएपनि हालसम्म निर्माण कार्यले आर्थिक समस्याका कारण गति लिन नसकेको विद्यालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली