कमल रावल | कात्तिक ४, अछाम | माथिल्लो अपरकर्णाली जलविद्युत परियोजनाका बारेमा अछाम जिल्ला स्थित राजनितिकदल संग अन्तरक्र्रिया गरिएको छ । कार्यक्रममा सहभागी राजनितिक दलले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | कात्तिक ४, अछाम | माथिल्लो अपरकर्णाली जलविद्युत परियोजनाका बारेमा अछाम जिल्ला स्थित राजनितिकदल संग अन्तरक्र्रिया गरिएको छ । कार्यक्रममा सहभागी राजनितिक दलले "/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

माथिल्लो अपरकर्णाली जलविद्युत परियोजना अछामीको हितमा हुनुपर्नेमा जोड

४ कार्तिक २०७३, बिहीबार १४:३५

कमल रावल | कात्तिक ४, अछाम | माथिल्लो अपरकर्णाली जलविद्युत परियोजनाका बारेमा अछाम जिल्ला स्थित राजनितिकदल संग अन्तरक्र्रिया गरिएको छ । कार्यक्रममा सहभागी राजनितिक दलले अछाम जिल्लाको ७५ प्रतिशत भुभाग सो परियोजनाले आगटेकाले परियोजना अछामीको हितमा हुनु पर्नेमा जोड दिएका छन । 

अछामीको ७५ प्रतिशत भुभाग अतिक्रमण हुदा पनी अछामका ३ गाविस मात्र प्रभावित क्षेत्रमा परियोजना राखिएकाले बाकी अन्य गाबिस समेत थप गरिनु पर्नेमा जोड दिएका थिए । अछामको कालिकास्थान, ढुगाचाल्ना, वलाता लगाएतका गाबिस समेटिनु पर्नेमा उहाँहरुको जोड रहेको थियो । परियोजना अछामीको मात्र नभएर सारा नेपालीको राष्ट्रिय गौरवको योजना भएकाले अछामि जनता योजना बन्नु पर्छ भन्ने पक्षमा रहेकाले काम छिटो छरितो जिएमआर कम्पनीले अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए । स्थानिय स्तरमा सबैलाई जानकारी गराई केन्द्रिय स्तरमा सबैलाई जानकारी गराउनु पर्नेमा नेपाली काग्रेस अछामका सभापति भरत कुमार स्वारको जोड रहेको थियो । कसैको हित अनुकुलको योजना भन्दा पनि सिँगो देशको हित अनुकुल योजना हुनुपर्नेमा उहाँले जोड दिनु भयो । सम्झौता भएको लामो समय भईसक्दा पनी अझै जग्गाको मुआब्जा वितरण कार्य समेत नभएकाले अछामी जनतामा कतै नबन्ने पो होकी भन्ने शँका उब्जीएको एमाले अछामका सचिव यज्ञ वोगटीले बताउनु भयो । अछाममा योजनाको बारेमा अहिले सम्म कुनै पनी तल्लो स्तरमा जानकारी गराउने कार्यक्रम अघि नबढाईएकाले यसमा पनी सोच्नु पर्नेमा उहाँको जोड रहेको थियो । 

एमाले पार्टीले जहिले पनी योजना छिटो भन्दा छिटो बन्नु पर्छ भन्ने पक्षमा वकालत गर्दै आएको उहाँको भनाई रहेको थियो । नेकपा माओवादि केन्द्रका कार्यालय सचिव मदन कुमार भुलले अझै प्रभावित क्षेत्र घोषित भएका गाबिसका स्थानियले जग्गाको उचित मुआब्जा पाउन नसकेकाले मुआब्जा वितरण कार्य तुरुन्त अघि बढाउनु पर्ने बताउनु भयो । साथै बनाईएको पिडीए सम्झौता नेपाली जनताले प्रष्ट रुपमा बुझने नरहेकाले यसलाई संशोधन गरि कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड रहेको थियो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी अछामका ईञ्चार्ज झकर बहादुर शाहीले माथिल्लो अपरकरणाली योजना राष्ट्रघाती योजना भएको बताएका थिए । नेपालको जल, जमिन, जंगल मासिने ठुलो योजना भएकाले योजना नेपाल आफैले बनाउनु पर्ने उहाँको भनाई रहेको थियो । आफनो पार्टीले जिल्ला देखि केन्द्र सम्म यो योजनाको विरोध गर्दै आईरहेको जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा नेपाली काग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुगाना, राप्रपाका जिल्ला अध्यक्ष तेज बहादुर विष्ट, नेकपा क्रान्तीकारी माओवादिका काशिराम जैसि, स्थानिय विकास अधिकरी शिव प्रसाद हुमेगाई, पत्रकार महासघ अछामका सचिव शिवराज ढुगानाले आफनो आफनो तर्फबाट सुझाव दिएका थिए । कार्यक्रममा प्रभावित गाबिसको तर्फबाट सरोकार समितीका संयोजक बम बहादुर विसिले सो क्षेत्रका सबै जनता यतिबेला योजना छिटो भन्दा छिटो अघि बढाउनु पर्छ भन्ने पक्षमा रहेका जानकारी गराउनु भयो । लगानी बोर्ड तथा जिएमआर कम्पनी सँग स्थानियले पटक पटक छलफल गरि लिखितै सम्झौता समेत तयार पारिएका जानकारी दिए । 

कार्यक्रममा सहभागि सबैको सुझाव तथा प्रश्नको जवाफ दिदै लगानी वोर्डका कार्यकारी अधिकृत माहा प्रसाद अधिकारीले पिडिए सम्झौता एक्लै व्यक्तिले निर्माण नगरेकाले राज्यले बनाएकाले केहि कमीकमजोरि भए छिट्टै नेपालीमा संशोधन गर्ने जानकारी दिएका थिए । आफु आईसकेपछि सम्झौता सबैको माझमा सार्वजनिक भएकाले यसको कार्यान्वयनलाई अब छिट्टै अघि बढाउने उहाँले बताउनु भयो । योजना २००८ देखि सुरु गर्नु पर्छ भनेर अभियान थालिएकाले २०१४ मा मात्र पिडिए सम्झौता अघि बढ्ेको उहाँको भनाई थियो । करिब ९ सय मेगावाट क्षमता भएको आयोजनामा नेपालले २७ प्रतिशत मात्र शेयर लगानी गर्न पाउनेछ जसमा अछामी जनताको २ प्रतिशत मात्र शेयर रहेन भएको छ । आयोजनाको थुप्रै काम भईरहेकाले नेपाल नेपालीको हितमा योजना रहेकाले अछाम स्थित, राजनितिज्ञ, सरोकारवाला, सञ्चारकर्मि सबैलाई सहयोग गरिदिन उहाँले आग्रह गर्नु भएको थियो । अछामका प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मा तिमिल्सैनाको अध्यक्षता तथा स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचाले गर्नु भएको हो । लगानी बोर्डले भोलि जिल्ला स्थित संञ्चारकर्मिसँग अन्तरक्र्रिया गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला