२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ

५ कार्तिक २०७३, शुक्रबार ०३:३३

प्रशन्न पोखरेल/कात्तिक ५, गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । दरबारको जग तथा संरचनामा भूकम्पले क्षति पु¥याएकाले जगैदेखि पुनःनिर्माण गर्नुपर्ने देखिए पनि बजेटको अभाव हुँदा दरबारका मुख्य संरचना र कालिका मन्दिरको पुनःनिर्माण हुन सकेको छैन । 

‘दरबारको गारो जीर्ण भइसक्यो । छानाबाट पानी चुहिन्छ”, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले भन्नुभयो, “तल्लो तलाभन्दा माथिल्लो तला धेरै जीर्ण छ ।” दुईतले दरबारको अधिकांश ठाउँमा सालका काठ प्रयोग गरिएका छन् । भूकम्प गएको १८ महिना हुँदा पनि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको दरबार पुनःनिर्माणको काम नभएको हो । 

गोरखा दरबार छेउमा रहेको गुरु गोरखनाथको मन्दिर (गुफा) भने मर्मत गरिएको छ । भूकम्पले पूर्णरुपमा क्षति पु¥याएपछि गोरखनाथ मन्दिर टहरोमा सञ्चालित थियो । 

भूकम्प प्रतिरोधी मन्दिर बनाएपछि नियमितरुपमा पूजाआजा सुरु गरिएको भट्टराईको भनाइ छ । दरबार मर्मत गर्न पुरातत्व विभाग तथा सरकारसँग आग्रह गरेपनि बजेट अभाव हुँदै आएको भट्टराईले बताउनुभयो । 

यसअघि पुरातत्व विभागले दरबारको अवस्थाबारे अध्ययन गरिसकेको छ । अध्ययन गरे पनि बजेटको व्यवस्था नगरेपछि दरबार मर्मत गर्न नसकिएको हो । दसैँका बेला दरबारको दसैँ घरमा सकसपूर्ण पूजाआजा तथा पूmलपाती भित्र्याइएको भट्टराईको गुनासो छ । 

तत्कालीन राजा राम शाहले विसं १६६८ सालमा निर्माण गरेको दरबार भूकम्पपछि जीर्ण हुँदै गएको छ । दरबारमा विसं १७९९ मा पृथ्वीनारायण शाहले राज्याभिषेक गरेको इतिहास छ । 

पुरातत्व विभागले पठाएको बजेटले गोरखनाथ गुफास्थित मन्दिर, दमैपाटीलगायत संरचना मर्मत गरिएको हो । दरबारको जगैदेखि भत्काएर दुरुस्तै पुनःनिर्माण गर्न सकेमा दीर्घकालीनरुपमा दरबारका संरचना राख्न सकिने सरोकारवाला बताउँछन् । दरबार अवलोकनका लागि शैक्षिक भ्रमणमा विद्यार्थी आउने गरेका छन् । 

यस्तै, स्वदेशी तथा विदेशी पर्यटक दरबार अवलोकनका लागि बर्सेनि आउँछन् । दरबारका पुजारी प्रदीपनाथ योगीले ऐतिहासिक महत्वको गोरखा दरबार मर्मतमा सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो । भावी पुस्ताका लागि ऐतिहासिक धरोहर बचाइराख्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

भूकम्पपछि देशमा भित्रिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले विभिन्न संरचना पुनःनिर्माणमा सहयोग गर्ने बताएपनि भूकम्पले क्षति पु¥याएका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्पदाको पुनःनिर्माणमा खासै सहयोग गरेका छैनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य