२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोजपुरका भूकम्पपीडितलाई छ करोड राहत वितरण

५ कार्तिक २०७३, शुक्रबार ०३:४९

कात्तिक ५, भोजपुर । भोजपुर जिल्लाका भूकम्पपीडितलाई हालसम्म रु छ करोडभन्दा बढी रकम वितरण गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजन पाण्डेका अनुसार भूकम्पमा घर पूर्ण र आंशिकरुपमा क्षति भएको तथा ज्यान गुमाएका परिवारलाई गरी रु ६ करोड २९ लाख ५३ हजार राहतस्वरुप वितरण गरिएको हो । भोजपुरमा भूकम्पपीडितका लागि आएको कुल रकम रु ६ करोड ५० लाखमध्ये सो रकम वितरण गरिएको सहायक प्रजिअ पाण्डेले जानकारी दिनुभयो । 

भोजपुरमा रहेका दुई नगरपालिका र ५४ वटा गाविसमा भूकम्पका कारण तीन हजार सात सय ५१ घर पूर्णरुपमा र ६ हजार पाँच सय ६१ घरमा आंशिकरुपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

भूकम्पबाट भोजपुरको दोभाने गाविस सबैभन्दा बढी प्रभावित रहेको पाइएको छ । दोभानेमा सात सय ८० घर पूर्ण र दुई सय ४० घरमा आंशिकरुपमा क्षति पुगेको थियो । दोभानेमा दुई सय ३३ घरले पाँच हजारका दरले रु १५ लाख ४० हजार लगेका छन् भने रु तीन हजारका दरले रु सात लाख २० हजार र रु १५ हजारका दरले राहत रकमबापत रु ३४ लाख ९५ हजार गरी जम्मा रु ५७ लाख ५५ हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार पाँच हजारका दरले एक हजार आठ सय ७४ घरले राहत रकमबापत रु एक करोड ५० लाख ५० हजार पाएका छन् । यसैगरी, तीन हजारका दरले रु एक करोड ८९ लाख ९३ हजार वितरण गरिएको छ । 

यस्तै, भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई रु आठ लाख प्रदान गरिएको सहायक प्रजिअ पाण्डेको भनाइ छ । जिल्ला प्रशासन कार्यालयका अनुसार रु १५ हजारका दरले रु दुई करोड ८१ लाख १० हजार भूकम्पपीडितलाई राहतस्वरुप वितरण गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव