कात्तिक ६, पर्वत । जिल्लाको सदरमुकाम कुश्माबजारबाट सबै गाविसमा पुग्न सकिने गरी ग्रामीण सडकको मर्मत सुरु भएको छ । 

जिल्ला विकास समितिले २४ वटा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ६, पर्वत । जिल्लाको सदरमुकाम कुश्माबजारबाट सबै गाविसमा पुग्न सकिने गरी ग्रामीण सडकको मर्मत सुरु भएको छ । 

जिल्ला विकास समितिले २४ वटा"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वतका ग्रामीण सडक मर्मतको काम सुरु

६ कार्तिक २०७३, शनिबार ०३:३२


कात्तिक ६, पर्वत । जिल्लाको सदरमुकाम कुश्माबजारबाट सबै गाविसमा पुग्न सकिने गरी ग्रामीण सडकको मर्मत सुरु भएको छ । 

जिल्ला विकास समितिले २४ वटा सडकलाई छनोट ठेकेदारसँग मर्मतका लागि बुधबार ठेक्का सम्झौता गरेपछि मर्मतका काम सुरु भएको हो । दसैँअगावै सञ्चालन गर्ने तयारी भए पनि वर्षा नरोकिएको र ठेकेदारले कमिसन बाँडफाँडका लागि सम्झौतामा अवरोध गरेका कारण मर्मतको काम सुरु भएको थिएन । 

जिल्ला विकास समिति पर्वतले ठेक्काका लागि २१ प्रतिशत कम मूल्य कबोल गर्ने अन्नपूर्ण निर्माण सेवासँग मर्मतको ठेक्का सम्झौता गरेको छ । “सम्झौता पछि अब ठेकेदारले मर्मतको काम सुरु गरेका छन्” जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर महेन्द्र बानियाँले भन्नुभयो “अब तिहारसम्ममा सामान्य मर्मतको काम सक्ने लक्ष्य राखेका छाँै ।” 

जिल्ला विकास समितिले सडकलाई आकस्मिक रुपमा मर्मतका लागि रु १५ लाख ६२ हजार विनियोजन गरेको छ । चाडवाड मनाउनका लागि बाहिरबाट गाउँमा आउने सर्वसाधारण सवारीसाधान मार्फत नै गन्तव्यमा पुग्न सकून् भनेर आकस्मिक रुपमा मर्मत गर्ने परम्परा चल्दै आएको छ । 

दसँैअघि दक्षिण पर्वतको चिसापानी–हुवास सडक र त्यस वरपरका केही सडकमा बाहेक दक्षिणमा राम्रोसँंग यात्रुले सवारी चढ्न पाएनन् । मिलनचोकदेखि शालिजासम्म, कुस्मादेखि दुर्लुङसम्म र डिमुवादेखि चित्रेसम्म केही मात्रामा सवारी चलेका थिए । कुस्मादेखि हुवास र रानीपानीसम्मको सडकमा सवारी नचल्दा सबैभन्दा बढी यात्रुले सास्ती खेपेका थिए । 

सडक मर्मत नहुँदा सबैभन्दा बढी यात्रु चल्ने दोबिल्ला–फलेवास सडकमा हिलोमा सवारीसाधन रोकिँदा पाँच घन्टासम्म यात्रुले सडक पार गर्न समय लागेको दुःखेसो पोखेका छन् । सडकको एकोहोरेपाखा जङ्गलमा हिलोमा चार पाँच घन्टासम्म सवारीका साधन फस्ने र निकाल्नका लागि डोजर र ट्याक्टर प्रयोग गर्नुपर्ने अवस्था आएपछि सबैभन्दा बढी सास्ती खेप्नुपरेको थियो । धेरै सवारीसाधन बिग्रेका थिए भने व्यवसायीले पनि धेरै घाटा बेहोरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने