२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशबाट फर्किएर फूल खेती, स्वदेशमै कमाइ राम्रो

२०७३, ८ कार्तिक सोमबार ०८:५७

रमेश गिरी, कात्तिक ८, भक्तपुर । बैदेशिक रोजगारबाट सन्तुष्ट नभएका नगरकोट नगरपालिका ताथली–२ बालाटोलका जयराम बाला नेपाल फर्केपछि गरेको फूलखेतीबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । 

नजिकिँदै गरेको तिहारका लागि आवश्यक पर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त बालाको परिवार मखमली फूलबाटै मनग्य आम्दामी गर्न थालेका हुन् । पाँच वर्ष कतारमा र सात वर्ष मलेसिया बसेर स्वदेश फर्किनुभएका बालाले फूलखेतीबाटै कतार र मलेसियाभन्दा बढी आम्दामी हुने भएपछि अब विदेश नजाने निर्णय गरेको बताउनुभयो । 

जयराम भन्नुहुन्छ – “कतार र मलेसियामा महिनाको रु २५ देखि ३० हजार कमाउन सकिन्थ्यो, यता आफ्नै गाउँमा फूल र तरकारी खेती गर्दा महिनाको रु ४० देखि ५० हजार कमाउन सकिने रहेछ, त्यसैले अब म कामका लागि विदेश जान्न, यतै तरकारी र फूल खेतीबाटै राम्रो कमाइ गर्छु ।” 

यसवर्ष डेड रोपनी जग्गामा मखमली फूलको खेतीबाट चार हजार ५०० माला तयार गरेको छु भन्दै उहाँले यसबाट रु एक लाखभन्दा बढी आम्दामी हुने बताउनुभयो । 

उहाँकै श्रीमती शोभाले विगत आठ वर्षदेखि मखमली फूलको खेती गर्नुभएको हो । शोभाले भन्नुभयो – “यहाँ दुई आना जग्गामा फूल खेती गर्नेले पनि एक मौसममा रु ३० हजार कमाउँछन्, राम्रोसँग फूल खेती गर्न सके एक रोपनी जग्गामा रु ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्न सकिन्छ, त्यसैले श्रीमान्लाई विदेशबाट फर्काएको हुँ ।” 

भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए यहाँ अहिलेको भन्दा दोब्बर आम्दानी हुने र धेरै किसानले बिदेसिनु नपर्ने उहाँको तर्क छ । जयराम दम्पती मात्रै होइन फूल खेतीबाटै मनग्य आम्दानी हुने भएपछि यहाँका बासिन्दा पनि फूलखेतीतर्फ आकर्षित भएका छन् । 

विगत आठ वर्षदेखि मखमली फूल खेती गर्दै आएका बालाटोलकै सन्तमाया बालाले पनि यसवर्ष रु ८२ हजारको माला उत्पादन गर्नुभएको छ । उहाँले भन्नुभयो – “घर घरमै फूलको माला लिन आउनेलाई रु ४२ हजारको माला बेचियो, अझै रु ४५ हजार जतिको माला तयार छ, अब आफैँ बजारमा लगेर बिक्री गर्छु ।” 

मखमली फूलको खेती गर्ने जग्गामा मकै र भटमाससमेत उत्पादन गर्न सकिने भएपछि किसानले एउटै मौसममा एउटै जग्गाबाट दोहोरो आम्दानी लिन उनीहरुको यसतर्फ आकर्षण बढेको हो । बाला गाउँकै दीलमाया बालाले आधा रोपनी जग्गामा गरेको मखमली खेतीबाट रु ३० हजार आम्दानी गरेको बताउनुभयो । 

किसानले बजारमा आफँले माला लैजाँदा एउटा मालाको रु ४० देखि १०० सम्ममा बिक्री गर्न सक्छन् भने गाउँमै लिन आउने व्यापारीले एउटा मालाको रु १८ देखि २० सम्म दिने गरेका छन् । 

रोग लाग्न थालेपछि फूलमा औषधि राख्नुपर्ने र एक रोपनी जग्गामा फूल खेती गर्दा करिब रु २५ हजार खर्च हुने र बढीमा रु एक लाखसम्मको फूल उत्पादन हुने ती किसानको भनाइ छ । 

फूल खोज्दै गाउँ गाउँमै उपत्यकादेखि पोखरासम्मका व्यापारी आउने गरे पनि आफूले खोजेअनुसारको मूल्य नपाएका किसानले फूल विक्रीका लागि आफै अग्रसर पनि भएका छन् । 

जिल्ला विकास समितिको स्थानीय विकास कोषले आठ वर्ष अगाडि स्थानीय महिलालाई सङ्गठित गरेर मखमली र सयपत्री सामुदायिक संस्था सञ्चालनमा ल्याएपछि फूल खेतीमा यहाँका किसान आकर्षित भएका हुन् । 

कोषको सदस्य सचिव राजन शर्माले भन्नुभयो – “घरको प्रयोगका लागि मात्रै फूल लगाउने यहाँका बासिन्दालाई सामुदायिक संस्था गठन गर्न लगाएर तालिम दिने, फूल खेतीको अनुगमन गर्ने, विशेषज्ञको टोली लगेर कार्यक्रम सञ्चालन गर्ने, औषधि हाल्ने स्प्रेलगायतका सामग्रीसमेत वितरण गर्दै किसानलाई फूल खेतीतर्फ आकर्षित गरेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति