कात्तिक ८, पोखरा | मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पोखरा उपमहानगरपालिकालाई १ हजार थान सौर्य उर्जाबाट चल्ने बत्ती( सोलार लाइट) प्रदान गरेको छ । करिब १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, पोखरा | मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पोखरा उपमहानगरपालिकालाई १ हजार थान सौर्य उर्जाबाट चल्ने बत्ती( सोलार लाइट) प्रदान गरेको छ । करिब १"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल-चीन सम्बन्धको ६० औँ वर्षगाँठ, पोखराले पाउने भयो १ हजार थान सोलार लाइट

८ कार्तिक २०७३, सोमबार १५:५०

कात्तिक ८, पोखरा | मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पोखरा उपमहानगरपालिकालाई १ हजार थान सौर्य उर्जाबाट चल्ने बत्ती( सोलार लाइट) प्रदान गरेको छ । करिब १५करोड मूल्यका सोलार लाइट प्रदान गर्ने सम्झौतामा सोमबार चीनको स्वशासित क्षेत्र तिब्बतको वैदेशिक मामिला  विभागका निर्देशक मा क्विनसिन र पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले  सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्  । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा सौर्य बत्ती परियोजनाका सहजकर्ता विश्वशंकर पालिखेको समुपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

संघका अध्यक्ष पालिखेका अनुसार सौर्य बत्ती परियोजना अन्तर्गत प्राप्त बत्तीहरु पोखराको प्रवेशद्धार विजयपुरदेखि हल्लनचोकसम्म जडान गरिने छ । आउने अंग्रजी वर्ष २०१७ को जनवरीबाट सुरु हुने जडान कार्य एक बर्ष भित्र पूरा गर्ने लक्ष्य रहेको छ । पोखरा उपमहानगरपालिकासँग भगिनी सम्बन्ध रहेको तिब्बतको लिञ्जी सहरको अनुरोधमा तिब्बत सरकारले सौर्य बत्ती परियोजनामा सहयोग गरेको हो ।

सोलार लाइट परियोजनाको सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको वैदेशिक मामला विभागका निर्देशक मा क्विनसिनले नेपाल सरकारको एक चीन नीतिप्रतिको प्रतिवद्धताको सह्राना गरे  । नेपाल असल मित्र, सहयोगी र साझेदार भएको उल्लेख गर्दै उनले तिब्बतको सामाजिक आर्थिक विकासबाट नेपालले लाभ लिन सक्ने बताए ।पोखरालाई प्रदान गरिएको सौर्य उर्जाबाट चल्ने बत्तीहरुले यहाँको आर्थिक विकासमा सहयोग पुग्नेविश्वास ब्यक्त गरे ।  कार्यक्रममा बोल्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले नेपाल र चीनबीचको लामो सम्बन्धको चर्चा गर्दै यो सम्बन्ध जनस्तरसम्म विकास गर्ने दिशामा अगाडि बढ्नु पर्नेमा जोड दिए । पोखरालाई सोलार लाइट प्रदान गरेकोमा उहाँले धन्यवाद पनि ज्ञापन गरे  ।

सो अवसरमा मन्तव्य व्यक्त गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपाल र चीनबीच दौत्यसम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठको अवसरमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारकोतर्फबाट प्राप्त सहयोग उल्लेखनीय भएको बताए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन