मोहम्मद ईजहार शेष | कात्तिक ९, परासी । नवलपरासीको सिमावर्ति गाविस रमपुरवाँ वडा नम्बर ४ सुनरीमा स्थापना भएको पुस्तकालय अहिले लवारिस अवस्थामा पुगेको छ । 

विजय बि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष | कात्तिक ९, परासी । नवलपरासीको सिमावर्ति गाविस रमपुरवाँ वडा नम्बर ४ सुनरीमा स्थापना भएको पुस्तकालय अहिले लवारिस अवस्थामा पुगेको छ । 

विजय बि"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो छ नवलपरासीमा भिडिआरसीले स्थापना गरेको पुस्तकालयको अवस्था

२०७३, ९ कार्तिक मंगलवार ०२:३०

मोहम्मद ईजहार शेष | कात्तिक ९, परासी । नवलपरासीको सिमावर्ति गाविस रमपुरवाँ वडा नम्बर ४ सुनरीमा स्थापना भएको पुस्तकालय अहिले लवारिस अवस्थामा पुगेको छ । 

विजय बिकास स्रोत केन्द्र गैंडाकोटले सिमावर्ति रमपुरँवा गाविस वडा नम्बर ४ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालयको सामुदायिक पुस्तकालय भने अहिले कक्षा कोठामा परिणत हुदा पुस्तकालय लवारिस अवस्थामा पुगेको हो । 

विजय विकास श्रोत केन्द्र भिडिआरसी गैडाकोटले स्थापना गरि तिन वर्ष पछि विद्यालयलाइ हस्तान्तरण गरेको सो पुस्तकालयमा अहिले पुस्तकहरु पनि घट्दै गएको छ भने सो कोठा पनि कक्षा कोठाको रुपमा परिणत भएको छ । वि सं २०६९ सालमा सो विद्यालयले हस्तान्तरण भएको थियो । तर सामुदायिक पुस्तकालय भनिएपनि सो पुस्तकालयमा विद्यालय बाहेक बाहिरका मानिसहरु जादैँनन । 


कक्षा कोठामा परिणत भएको सो पुस्तकालयको पुस्तक र फर्निचर लगायतका समाग्रिहरु दिनप्रति दिन हराउदै गएका छन् । स्थापना भएको समयमा पुस्तकालय केही दिनसम्म राम्रै प्रयोग भएपनि अहिले विद्यालयमा कक्षाकोठाको अभाव भएकोले पुस्तकालयको कोठालाई कक्षा कोठामा परिणत गरिएको विद्यालयका पुस्तकालय शिक्षक रमेश मौर्यले बताउनु भयो । कक्षा कोठा सन्चालन गरिएकाले पुस्तकालय पनि अव्यवस्थीत देखिएको छ । विद्यालयका शिक्षक र ब्यवस्थापन समितिकै ध्यान नपुग्दा पुस्तकाय प्रभावकारी हुन नसकेको शिक्षक मोयको भनाई छ । तर सो विद्यालयका प्रधानाध्यापक महातम विश्वकर्माले भने त्यसबारेमा केही प्रतिक्रिया दिन नचाहेको बताउदै पन्छीनु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति