मोहम्मद ईजहार शेष | कात्तिक ९, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविस वडा नम्बर ७ बडहरामा निर्माण गरिएको बडहरा खानेपानी तथा सरसफाई आयोजना अहिले लवारिस अवस्थामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | कात्तिक ९, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविस वडा नम्बर ७ बडहरामा निर्माण गरिएको बडहरा खानेपानी तथा सरसफाई आयोजना अहिले लवारिस अवस्थामा "/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासी स्थित बडहरा दुबौलियाको खानेपानी आयोजना अलपत्र

९ कार्तिक २०७३, मंगलवार ०२:३८

मोहम्मद ईजहार शेष | कात्तिक ९, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविस वडा नम्बर ७ बडहरामा निर्माण गरिएको बडहरा खानेपानी तथा सरसफाई आयोजना अहिले लवारिस अवस्थामा भएको छ । एक सर्वेक्षणले बडहरा गाँउका अधिकांस ह्यान्ड पाईपहरुमा आर्सेनिकको मात्रा बढि भएको पाईएपछि सरसफाई सम्बन्धि काम गर्ने एक संस्थाको आर्थिक सहयोगमा वि सं २०६३ सालमा बडहरामा खानेपानी ट्यांकी निर्माण गर्ने आयोजना स्वीकृत गरेको थियो ।

उक्त संस्थाको २८ लाख लगानीमा स्वीकृत गरेको ५ वर्षपछि मात्र बडहरा गाँउलाई खानेपानी पुग्ने ३५ सय लिटर क्षमताको खानेपानी आयोजना वि.सं २०६८ सालमा निर्माण कार्य सम्पन्न भएको हो । सो संस्थाले त्यति बेला रु ५० हजारको जगेडा कोष स्थापना गरि उक्त खानेपानी आयोजना बडहरा गाँउलाई हस्थतान्तरण गरेको बडहरा खानेपानी तथा सरसफाई आयोजना निर्माण ब्यवस्थापन समितिका अध्यक्ष दयाराम चौधरीले बताउनु भयो । तर उक्त आयोजनालाई अहिलेसम्म निर्माण समितिले नै जसोतसो चलाई रहेको छ । वि.सं २०७० सालवाट पानी प्रसोेधन गरी बडहरामा निर्माण २२ वटा सार्वजनिक धाराहरुवाट १ सय ४४ घरदुरीहरु ६ महिनासम्म खानेपानी उपभोग गरीरहेका थिए  । ६ महिना पछि विद्धुतको महशुल तिर्ने कुनै स्रोत नभएकाले उक्त खानेपानी आयोजना २०७३ साल जेष्ठसम्म बन्द रहेको थियो । सार्वजनिक धाराहरु भएकाले पानीको शुल्क लिने मिटर समेत जडान नगरिएकाले कुनै किसिमको शुल्क समेत उठाउने गरिएको छैन । अहिले बडहरा खानेपानी तथा सरसफाई आयोजनालाइ ५० हजारभन्दा बढि बिद्धुत शुल्क तिर्न बाकी रहेको छ ।

निर्माण समितिका अध्यक्ष दयाराम चौधरीकै लालपुर्जा धरौटीमा राखी विद्धुत जडान गरिएकाले विद्धुत शुल्क नतिरेको हुँदा र तिर्न कुनै स्रोतपनि नभएको हुँदा फेरी खानेपानी आयोजना बन्द गर्नुपर्ने अवस्था आएको चौधरीले बताउनु भयो । उपभोक्ताहरु सार्वजनिक धारावाट पानी खाईरहेकाले खानेपानी आयोजना कसरी चलाउने नचलाउने बारे ध्यान नदिएको उँहाको गुनासो छ । आर्थिक रुपले खानेपानी आयोजनाको स्थित एकदमै नाजुक रहेकाले सञ्चालक समिति निर्माण गरि कसैलेपनि जिम्मेवारी लिन नचाहेको निर्माण समितिका अध्यक्ष चौधरीले बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन