मोहम्मद ईजहार शेष | कात्तिक ९, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविस वडा नम्बर ७ बडहरामा निर्माण गरिएको बडहरा खानेपानी तथा सरसफाई आयोजना अहिले लवारिस अवस्थामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | कात्तिक ९, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविस वडा नम्बर ७ बडहरामा निर्माण गरिएको बडहरा खानेपानी तथा सरसफाई आयोजना अहिले लवारिस अवस्थामा "/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासी स्थित बडहरा दुबौलियाको खानेपानी आयोजना अलपत्र

२०७३, ९ कार्तिक मंगलवार ०२:३८

मोहम्मद ईजहार शेष | कात्तिक ९, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविस वडा नम्बर ७ बडहरामा निर्माण गरिएको बडहरा खानेपानी तथा सरसफाई आयोजना अहिले लवारिस अवस्थामा भएको छ । एक सर्वेक्षणले बडहरा गाँउका अधिकांस ह्यान्ड पाईपहरुमा आर्सेनिकको मात्रा बढि भएको पाईएपछि सरसफाई सम्बन्धि काम गर्ने एक संस्थाको आर्थिक सहयोगमा वि सं २०६३ सालमा बडहरामा खानेपानी ट्यांकी निर्माण गर्ने आयोजना स्वीकृत गरेको थियो ।

उक्त संस्थाको २८ लाख लगानीमा स्वीकृत गरेको ५ वर्षपछि मात्र बडहरा गाँउलाई खानेपानी पुग्ने ३५ सय लिटर क्षमताको खानेपानी आयोजना वि.सं २०६८ सालमा निर्माण कार्य सम्पन्न भएको हो । सो संस्थाले त्यति बेला रु ५० हजारको जगेडा कोष स्थापना गरि उक्त खानेपानी आयोजना बडहरा गाँउलाई हस्थतान्तरण गरेको बडहरा खानेपानी तथा सरसफाई आयोजना निर्माण ब्यवस्थापन समितिका अध्यक्ष दयाराम चौधरीले बताउनु भयो । तर उक्त आयोजनालाई अहिलेसम्म निर्माण समितिले नै जसोतसो चलाई रहेको छ । वि.सं २०७० सालवाट पानी प्रसोेधन गरी बडहरामा निर्माण २२ वटा सार्वजनिक धाराहरुवाट १ सय ४४ घरदुरीहरु ६ महिनासम्म खानेपानी उपभोग गरीरहेका थिए  । ६ महिना पछि विद्धुतको महशुल तिर्ने कुनै स्रोत नभएकाले उक्त खानेपानी आयोजना २०७३ साल जेष्ठसम्म बन्द रहेको थियो । सार्वजनिक धाराहरु भएकाले पानीको शुल्क लिने मिटर समेत जडान नगरिएकाले कुनै किसिमको शुल्क समेत उठाउने गरिएको छैन । अहिले बडहरा खानेपानी तथा सरसफाई आयोजनालाइ ५० हजारभन्दा बढि बिद्धुत शुल्क तिर्न बाकी रहेको छ ।

निर्माण समितिका अध्यक्ष दयाराम चौधरीकै लालपुर्जा धरौटीमा राखी विद्धुत जडान गरिएकाले विद्धुत शुल्क नतिरेको हुँदा र तिर्न कुनै स्रोतपनि नभएको हुँदा फेरी खानेपानी आयोजना बन्द गर्नुपर्ने अवस्था आएको चौधरीले बताउनु भयो । उपभोक्ताहरु सार्वजनिक धारावाट पानी खाईरहेकाले खानेपानी आयोजना कसरी चलाउने नचलाउने बारे ध्यान नदिएको उँहाको गुनासो छ । आर्थिक रुपले खानेपानी आयोजनाको स्थित एकदमै नाजुक रहेकाले सञ्चालक समिति निर्माण गरि कसैलेपनि जिम्मेवारी लिन नचाहेको निर्माण समितिका अध्यक्ष चौधरीले बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति