१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

२ जेष्ठ २०८१, बुधबार ०१:१३

जेठ २, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्ता भएको छ । दुई मुलुकबीचको कुटनीतिक सम्वन्ध ६५ बर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई मुलुकबीच आर्थिक सम्वन्ध बिस्तार एवं लगानी प्रर्वद्धनबारे छलफल भएको हो । 

डा डोमजाल्स्कीसंगको भेटका क्रममा चेम्बर अध्यक्ष कमलेश अग्रवालले नेपालको ग्रिन हाईड्रोजनमा लगानीका लागि आग्रह गरे । अध्यक्ष अग्रवालले भने,‘नेपालमा ग्रिन हाईड्रोजन उत्पादनको सम्भावना उच्च छ, विश्वमै ग्रिन हाईड्रोजनको माग उच्च छ । पोल्याण्ड नेपालको पुरानो कुटनीतिक सम्वन्ध भएको मुलुक भएकाले पनि नेपाल लगानीका लागि आर्कषक गन्तव्य भएको जानकारी गराउ“छु, । ’

नेपालमा अन्तराष्ट्रिय लगानी लगानीका लागि नीतिगत तवरमै सहजीकरण गरिने र लगानीको प्रतिफलको सुनिश्चितता गरिएको अध्यक्ष अग्रवालले बताए । उनले नेपालको जलविद्युत, पर्यटन, खानी लगायतका क्षेत्रमा लगानी लगानीका लागि डा सवेस्टियन समक्ष आग्रह गरे । उनले पर्यटकीय आर्कषक गन्तव्यहरु समेत धेरै भएकाले पोल्याण्का नागरिकलाई नेपाल भ्रमणमा आउने वातावरण बनाउन समेत डा सवेस्टिएन समक्ष आग्रह गरे ।

चेम्बर पदाधिकारीसंगको भेटका क्रममा आवसीय कार्यवहाक राजदूत डा. सेवेस्टियनले नेपालको चिया र कफिको बजार सम्भावना खोज्न सकिने बताए । दुई देशबीचको कुटनीतिक सम्वन्ध निकै पुरानो भएकाले आर्थिक दृष्टिकोणले पनि फाईदा खोज्नुपर्ने उनको भनाई छ ।

आवासीय राजदूत डा सेवस्टियनसंगको भेटमा अध्यक्ष अग्रवाल, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा, उपाध्यक्षहरु उर्मिला श्रेष्ठ, दिपक श्रेष्ठ, निलकण्ठ चौलागाई एवं सन्तोस पाण्डे सहभागी थिए । यस्तै पोल्याण्डका लागि नेपालका कन्सोल जेनेरल लोकमान्य गोल्छाले नेपालको राम्रो कुटनीतिक सम्वन्ध भएको पोल्याण्डमा निर्यातको प्रचुर सम्भावना रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव