२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्तरीमा ट्राफिक प्रहरीद्वारा नौ लाख राजस्व सङ्कलन

२०७३, ९ कार्तिक मंगलवार ०८:४४

कात्तिक ९, महोत्तरी । जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत असोज महिनामा रु नौ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ । 

सवारी चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने ठूला तथा साना एक हजार ५५१ सवारी साधनका चालकलाई कारबाही गरी सो रकम असुल गरेको हो । एक सय चारवटा बसका चालक, २६९ वटा ट्रकका चालक तथा २५५ वटा जिप, कार र टेम्पोका चालक कारबाहीमा परेका थिए । 

त्यसैगरी ५७ वटा ट्र्याक्टरका चालक, मादक पदार्थ सेवन गरी सवारी चलाउने १२, छतमा आवश्यकताभन्दा बढी लगेज बोक्ने दुई, क्षमताभन्दा बढी सामान बोक्ने १४३, बेल्ट र हेल्मेट नलगाउने ६७, छतमा यात्रु बोक्ने दुई, कागजपत्र नबोकेका ६८९, लाइसेन्स नभएका २७५, बत्ती बिग्रेका २८, प्रयोजन विपरीत हिँडेका ३६ तथा सिट क्षमताभन्दा वढी यात्रु बोक्ने ४५ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । 

असोज महिनामा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति