कात्तिक ९, बुटवल | नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलको आयेजनामा बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, बुटवल | नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलको आयेजनामा बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सव"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिहार महोत्सवमा रामजी र सुगमको धमाका, दुई करोडको कारोबार

९ कार्तिक २०७३, मंगलवार १३:५४

कात्तिक ९, बुटवल | नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलको आयेजनामा बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा मंगलबार चर्चित लोकदोहारी गायक रामजी खाँड र आधुनिक गायक सुगम पोखरेलले दर्शकलाई  छमछमी नचाएका छन् ।

गायक तथा मोडल रामजी खाँड स्टेजमा उक्लदै गर्दा उपस्थित दर्शकहरु उत्साहजनक  रुपमा उफ्रदै रामजीलाई हौसला दिए । जब रामजीले छल, छल पानी छल्कीयो भन्दै गीत गाउन थाले यता दर्शकको मन पनि छल्किन थाल्यो र छमछमी उठेर नाँच थालेका थिए । रामजीले महोत्सवमा आफ्ना नयाँ पुराना गरी आधा दर्जन जति गित गाएर दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए ।

त्यस्तै आधुनिक गायक सुगम पोखरेलले आफ्नो दशै तिहार विशेष गीत लगायत अन्य गीतमार्फत दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरे ।  उनले वर्षमा दिनमा नी ललै लगायतमा आधा दर्जन गीत प्रस्तुत गरेका थिए । मिस पवित्रा कण्डेलको साथमा बलराम सरकार हास्य जादुगरले जादु मार्फत मनारेन्जन प्रदान गरेका थिए । यस्तै लोकदोहारी प्रतियोगितामार्फत पनि र्दशकहरुले मनोरन्जन प्राप्त गरे मंगलबार हिमचुली दोहारी साँझ बुटवल र राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान रुपन्देही वीच दोहोरी घम्साघम्सुी भएकोमा  हिमचुली दोहोरी साझँ बुटवलले जिते हासिल गरेको साँस्कृतिक संयोजक गोविन्द गैरेले जानकारी दिए ।

मंगलबार अर्घाखाँची सिमेन्ट डान्स आइडल टप –६, फेशन–शो कार्यक्रम पनि भएको छ भने कुस्ती प्रतियोगिताको समापन गरी खेलाडीलाईहरुलाई  मायाको चिनोसहित  विदाई गरिएको संयोजक गैरेको बताए । यस्तै आज बुधबारको दिन चर्चित गायिका इन्दिरा जोशी र खुमन अधिकारीको  प्रस्तुती रहने र यस्तै लोकदोहारी तर्फ राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान स्या·जा र गोधुली  दोहोरी साँमm बुटवल वीच दोहोरी घम्साघम्सी हुने पनि उनले जानकारी दिए । 

दुई करोडको कारोबार

यस्तै महोत्सवमा मंगलबार मात्रै पौने दुई करोडको कारोबार भएको छ । मंगलबार अटो र स्टलमा उत्तिकै राम्रो कारोवार भएको होत्सव सचिवालयका संयोजक सिताराम रसाईलीले जानकारी दिए । मंगलबार २८ हजार दर्शक टिकट मार्फत महोत्सवमा प्रवेश गरेको र अन्य पास तथा अतिथिहरु पनि हजारौको संख्यामा प्रवेश गरी मेला अवलोकन गरेको उनले जानकारी दिए ।

कात्र्तिक १५ सम्म संचलन हुने महोत्सवमा गार्मेण्ट, जुत्ताचप्पल, होटल तथा रेष्टुरेण्ट लगायत दैनिक उपभोग्य बस्तुका स्टलहरुमा अवलोकनकर्ताको भिड बढेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल