कात्तिक ९, बुटवल | नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलको आयेजनामा बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, बुटवल | नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलको आयेजनामा बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सव"/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिहार महोत्सवमा रामजी र सुगमको धमाका, दुई करोडको कारोबार

२०७३, ९ कार्तिक मंगलवार १३:५४

कात्तिक ९, बुटवल | नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलको आयेजनामा बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा मंगलबार चर्चित लोकदोहारी गायक रामजी खाँड र आधुनिक गायक सुगम पोखरेलले दर्शकलाई  छमछमी नचाएका छन् ।

गायक तथा मोडल रामजी खाँड स्टेजमा उक्लदै गर्दा उपस्थित दर्शकहरु उत्साहजनक  रुपमा उफ्रदै रामजीलाई हौसला दिए । जब रामजीले छल, छल पानी छल्कीयो भन्दै गीत गाउन थाले यता दर्शकको मन पनि छल्किन थाल्यो र छमछमी उठेर नाँच थालेका थिए । रामजीले महोत्सवमा आफ्ना नयाँ पुराना गरी आधा दर्जन जति गित गाएर दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए ।

त्यस्तै आधुनिक गायक सुगम पोखरेलले आफ्नो दशै तिहार विशेष गीत लगायत अन्य गीतमार्फत दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरे ।  उनले वर्षमा दिनमा नी ललै लगायतमा आधा दर्जन गीत प्रस्तुत गरेका थिए । मिस पवित्रा कण्डेलको साथमा बलराम सरकार हास्य जादुगरले जादु मार्फत मनारेन्जन प्रदान गरेका थिए । यस्तै लोकदोहारी प्रतियोगितामार्फत पनि र्दशकहरुले मनोरन्जन प्राप्त गरे मंगलबार हिमचुली दोहारी साँझ बुटवल र राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान रुपन्देही वीच दोहोरी घम्साघम्सुी भएकोमा  हिमचुली दोहोरी साझँ बुटवलले जिते हासिल गरेको साँस्कृतिक संयोजक गोविन्द गैरेले जानकारी दिए ।

मंगलबार अर्घाखाँची सिमेन्ट डान्स आइडल टप –६, फेशन–शो कार्यक्रम पनि भएको छ भने कुस्ती प्रतियोगिताको समापन गरी खेलाडीलाईहरुलाई  मायाको चिनोसहित  विदाई गरिएको संयोजक गैरेको बताए । यस्तै आज बुधबारको दिन चर्चित गायिका इन्दिरा जोशी र खुमन अधिकारीको  प्रस्तुती रहने र यस्तै लोकदोहारी तर्फ राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान स्या·जा र गोधुली  दोहोरी साँमm बुटवल वीच दोहोरी घम्साघम्सी हुने पनि उनले जानकारी दिए । 

दुई करोडको कारोबार

यस्तै महोत्सवमा मंगलबार मात्रै पौने दुई करोडको कारोबार भएको छ । मंगलबार अटो र स्टलमा उत्तिकै राम्रो कारोवार भएको होत्सव सचिवालयका संयोजक सिताराम रसाईलीले जानकारी दिए । मंगलबार २८ हजार दर्शक टिकट मार्फत महोत्सवमा प्रवेश गरेको र अन्य पास तथा अतिथिहरु पनि हजारौको संख्यामा प्रवेश गरी मेला अवलोकन गरेको उनले जानकारी दिए ।

कात्र्तिक १५ सम्म संचलन हुने महोत्सवमा गार्मेण्ट, जुत्ताचप्पल, होटल तथा रेष्टुरेण्ट लगायत दैनिक उपभोग्य बस्तुका स्टलहरुमा अवलोकनकर्ताको भिड बढेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त