नन्दराम जैशी । कात्तिक १०, जुम्ला । सहकारी तथा गरिवी निवारण मन्त्री ह्रदयराम थानीले डिभिजन सहकारी कार्यालय जुम्लाका कर्मचारीलाई कार्यालयद्धारा दिइने सेवा छिटो छरितो र स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी । कात्तिक १०, जुम्ला । सहकारी तथा गरिवी निवारण मन्त्री ह्रदयराम थानीले डिभिजन सहकारी कार्यालय जुम्लाका कर्मचारीलाई कार्यालयद्धारा दिइने सेवा छिटो छरितो र स"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिभिजन सहकारीको सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्री थानीको निर्देशन

२०७३, १० कार्तिक बुधबार ०३:०८

नन्दराम जैशी । कात्तिक १०, जुम्ला । सहकारी तथा गरिवी निवारण मन्त्री ह्रदयराम थानीले डिभिजन सहकारी कार्यालय जुम्लाका कर्मचारीलाई कार्यालयद्धारा दिइने सेवा छिटो छरितो र सरलरुपमा प्रवाह गर्न निर्देशन दिएका छन् । कार्यकर्ता भेटघाट तथा कर्णाली अवलोकनका लागि जुम्ला आएका मन्त्री थानीले मंगलबार डिभिजन सहकारी कार्यालय अनुगमनका क्रममा कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् ।       

उहाँले  सेवाग्राहीलाई सेवा प्रवाह गर्नका लागि आवश्यक स्रोत साधनको व्यवस्थापनका लागि विभागमा माग गर्न भन्दै सो विषयमा आफु कटिबद्ध भएर लागी पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सहकारी व्यवस्थापनका लागि कर्णालीका ५ जिल्ला हेर्नका लागि एक मात्र डिभिजन कार्यालय सहित आवश्यकता अनुसार शाखा कार्यालय व्यवस्थापन पहल गर्ने मन्त्री थानीले बताउनुभयो । सहकारीले गरिवी निवारणमा सहयोग गर्ने भएकोले यिनै सहकारीहरुको व्यवस्थापनका लागि सहकारी ऐन संसदमा दर्ता भएको र ऐन ल्याएर सहकारी व्यवस्थापनमा सहज हुने सहकारी मन्त्री थानीको भनाई रहेको छ ।   

डिभिजन सहकारी कार्यालय, जुम्लाका निमित्त कार्यालय प्रमुख लक्ष्मीप्रसाद अधिकारीले कर्णाली अञ्चलका पाँच जिल्लामा ६ सय २९ सहकारी संस्थाहरु दर्ता भएका र क्षेत्रधिकार धेरै भएकोले आवश्यक रेखदेख गर्न असहज भएको बताउनुभयो । उहाँले कार्यालयमा आवश्यक स्रोत साधनको अभाव भएकोले त्यसको बन्दोबस्त मिलाई दिन मन्त्री थानी समक्ष आग्रह गर्नुभयो । कर्मचारीको संख्या न्यून र कर्णालीको क्षेत्र धेरै भएकाले डोल्पा र हुम्ला जिल्लाका लागि शाखा कार्यालयको स्थापनाका लागि उहाँले अनुरोध गनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति