नन्दराम जैशी । कात्तिक १०, जुम्ला । सहकारी तथा गरिवी निवारण मन्त्री ह्रदयराम थानीले डिभिजन सहकारी कार्यालय जुम्लाका कर्मचारीलाई कार्यालयद्धारा दिइने सेवा छिटो छरितो र स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी । कात्तिक १०, जुम्ला । सहकारी तथा गरिवी निवारण मन्त्री ह्रदयराम थानीले डिभिजन सहकारी कार्यालय जुम्लाका कर्मचारीलाई कार्यालयद्धारा दिइने सेवा छिटो छरितो र स"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिभिजन सहकारीको सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्री थानीको निर्देशन

१० कार्तिक २०७३, बुधबार ०३:०८

नन्दराम जैशी । कात्तिक १०, जुम्ला । सहकारी तथा गरिवी निवारण मन्त्री ह्रदयराम थानीले डिभिजन सहकारी कार्यालय जुम्लाका कर्मचारीलाई कार्यालयद्धारा दिइने सेवा छिटो छरितो र सरलरुपमा प्रवाह गर्न निर्देशन दिएका छन् । कार्यकर्ता भेटघाट तथा कर्णाली अवलोकनका लागि जुम्ला आएका मन्त्री थानीले मंगलबार डिभिजन सहकारी कार्यालय अनुगमनका क्रममा कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् ।       

उहाँले  सेवाग्राहीलाई सेवा प्रवाह गर्नका लागि आवश्यक स्रोत साधनको व्यवस्थापनका लागि विभागमा माग गर्न भन्दै सो विषयमा आफु कटिबद्ध भएर लागी पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सहकारी व्यवस्थापनका लागि कर्णालीका ५ जिल्ला हेर्नका लागि एक मात्र डिभिजन कार्यालय सहित आवश्यकता अनुसार शाखा कार्यालय व्यवस्थापन पहल गर्ने मन्त्री थानीले बताउनुभयो । सहकारीले गरिवी निवारणमा सहयोग गर्ने भएकोले यिनै सहकारीहरुको व्यवस्थापनका लागि सहकारी ऐन संसदमा दर्ता भएको र ऐन ल्याएर सहकारी व्यवस्थापनमा सहज हुने सहकारी मन्त्री थानीको भनाई रहेको छ ।   

डिभिजन सहकारी कार्यालय, जुम्लाका निमित्त कार्यालय प्रमुख लक्ष्मीप्रसाद अधिकारीले कर्णाली अञ्चलका पाँच जिल्लामा ६ सय २९ सहकारी संस्थाहरु दर्ता भएका र क्षेत्रधिकार धेरै भएकोले आवश्यक रेखदेख गर्न असहज भएको बताउनुभयो । उहाँले कार्यालयमा आवश्यक स्रोत साधनको अभाव भएकोले त्यसको बन्दोबस्त मिलाई दिन मन्त्री थानी समक्ष आग्रह गर्नुभयो । कर्मचारीको संख्या न्यून र कर्णालीको क्षेत्र धेरै भएकाले डोल्पा र हुम्ला जिल्लाका लागि शाखा कार्यालयको स्थापनाका लागि उहाँले अनुरोध गनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता