कात्तिक ११, काठमाडौँ । काठमाडौँको मुख्य व्यापारिक केन्द्र मानिने न्यूरोडमा एकै समयमा ४०० गाडी अट्ने स्वचालित कार पार्किङ बन्ने भएको छ ।

व्यापारिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ११, काठमाडौँ । काठमाडौँको मुख्य व्यापारिक केन्द्र मानिने न्यूरोडमा एकै समयमा ४०० गाडी अट्ने स्वचालित कार पार्किङ बन्ने भएको छ ।

व्यापारिक "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

न्युरोडमा चार सय गाडी अट्ने स्वचालित कार पार्किङ बन्दै

२०७३, ११ कार्तिक बिहीबार ०७:१०


कात्तिक ११, काठमाडौँ । काठमाडौँको मुख्य व्यापारिक केन्द्र मानिने न्यूरोडमा एकै समयमा ४०० गाडी अट्ने स्वचालित कार पार्किङ बन्ने भएको छ ।

व्यापारिक केन्द्र नयाँसडक क्षेत्रको भीड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस प्रकारको पार्किङ बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार सो पार्किङ कस्तो बनाउने भन्ने विषयमा तीनवटा समूहले अध्ययनको काम गरिरहेका छन् । ती तीन समूहले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा उपयुक्त छनोट गरी निर्माणका प्रक्रिया सुरु गरिनेछ ।

सार्वजनिक निजी साझेदारीका ढाँचामा नयाँसडकको पिपलबोट नजिक रहेको महानगरपालिकाको जग्गामा उक्त पार्किङ बनाइने कामपाले जानकारी दिएको छ। यस पार्किङले नयाँसडकमा हुने ट्राफिक चापलाई व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । पाँच तला रहने सो पार्किङ बनाउन करिब एक अर्ब लगानी लाग्ने महानगरपालिकाको अनुमान छ। साथै उक्त भवनमा दुईतलाको भूमिगत पार्किङसमेत हुनेछ ।

कानुनअनुसार निजी कम्पनीलाई पार्किङ भवन सञ्चालन गर्न बढीमा ३० वर्षको अवधि तोकिनेछ। सो अवधि पूरा गरेपछि उक्त भवन महानगरपालिकाको स्वामित्वमा जानेछ।

महानगरपालिकाका अनुसार पार्किङमा माथिल्लो तलामा गाडी पार्क गर्न लिफ्टको प्रयोग गरिनेछ । 

मुख्य द्वारबाट गाडी छिराएर चालकले एउटा कार्ड लिई पार्किङ स्थल हेरी लिफ्टमा पठाउनुपर्छ । त्यसपछि आफूले पार्किङ गर्न चाहेको अथवा खाली ठाउँ हेरी नम्बर थिचेपछि लिफ्टबाट नै तल माथि गर्न सकिन्छ। पार्किङ क्षेत्र सानो भएको तथा गाडी तथा मोटरसाइकल सिधै घुमाउन नमिल्ने भएकाले पार्किङमा सवारीका लागि लिफ्टको व्यवस्था गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति