कात्तिक ११, काठमाडौँ । काठमाडौँको मुख्य व्यापारिक केन्द्र मानिने न्यूरोडमा एकै समयमा ४०० गाडी अट्ने स्वचालित कार पार्किङ बन्ने भएको छ ।

व्यापारिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ११, काठमाडौँ । काठमाडौँको मुख्य व्यापारिक केन्द्र मानिने न्यूरोडमा एकै समयमा ४०० गाडी अट्ने स्वचालित कार पार्किङ बन्ने भएको छ ।

व्यापारिक "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

न्युरोडमा चार सय गाडी अट्ने स्वचालित कार पार्किङ बन्दै

११ कार्तिक २०७३, बिहीबार ०७:१०


कात्तिक ११, काठमाडौँ । काठमाडौँको मुख्य व्यापारिक केन्द्र मानिने न्यूरोडमा एकै समयमा ४०० गाडी अट्ने स्वचालित कार पार्किङ बन्ने भएको छ ।

व्यापारिक केन्द्र नयाँसडक क्षेत्रको भीड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस प्रकारको पार्किङ बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार सो पार्किङ कस्तो बनाउने भन्ने विषयमा तीनवटा समूहले अध्ययनको काम गरिरहेका छन् । ती तीन समूहले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा उपयुक्त छनोट गरी निर्माणका प्रक्रिया सुरु गरिनेछ ।

सार्वजनिक निजी साझेदारीका ढाँचामा नयाँसडकको पिपलबोट नजिक रहेको महानगरपालिकाको जग्गामा उक्त पार्किङ बनाइने कामपाले जानकारी दिएको छ। यस पार्किङले नयाँसडकमा हुने ट्राफिक चापलाई व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । पाँच तला रहने सो पार्किङ बनाउन करिब एक अर्ब लगानी लाग्ने महानगरपालिकाको अनुमान छ। साथै उक्त भवनमा दुईतलाको भूमिगत पार्किङसमेत हुनेछ ।

कानुनअनुसार निजी कम्पनीलाई पार्किङ भवन सञ्चालन गर्न बढीमा ३० वर्षको अवधि तोकिनेछ। सो अवधि पूरा गरेपछि उक्त भवन महानगरपालिकाको स्वामित्वमा जानेछ।

महानगरपालिकाका अनुसार पार्किङमा माथिल्लो तलामा गाडी पार्क गर्न लिफ्टको प्रयोग गरिनेछ । 

मुख्य द्वारबाट गाडी छिराएर चालकले एउटा कार्ड लिई पार्किङ स्थल हेरी लिफ्टमा पठाउनुपर्छ । त्यसपछि आफूले पार्किङ गर्न चाहेको अथवा खाली ठाउँ हेरी नम्बर थिचेपछि लिफ्टबाट नै तल माथि गर्न सकिन्छ। पार्किङ क्षेत्र सानो भएको तथा गाडी तथा मोटरसाइकल सिधै घुमाउन नमिल्ने भएकाले पार्किङमा सवारीका लागि लिफ्टको व्यवस्था गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव