प्रकाश धौलाकोटी | कात्तिक ११, तेह्रथुम | तिहार नजिकिएसँगै पुर्वी पहाडी जिल्ला तेह्रथुममा उत्पादित घरेलु ढाकाको माग ह्वात्तै बढेको छ । तिहारकालागि जिल्लाका साना त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी | कात्तिक ११, तेह्रथुम | तिहार नजिकिएसँगै पुर्वी पहाडी जिल्ला तेह्रथुममा उत्पादित घरेलु ढाकाको माग ह्वात्तै बढेको छ । तिहारकालागि जिल्लाका साना त"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिहारमा तेह्रथुमे ढाकाको व्यापार उच्च

११ कार्तिक २०७३, बिहीबार ११:४७

प्रकाश धौलाकोटी | कात्तिक ११, तेह्रथुम | तिहार नजिकिएसँगै पुर्वी पहाडी जिल्ला तेह्रथुममा उत्पादित घरेलु ढाकाको माग ह्वात्तै बढेको छ । तिहारकालागि जिल्लाका साना तथा ठुला उद्योग, कोशली घर र खुद्रा पसलहरुमा ढाकाको व्यापार  बढेको व्यवसायी बताउँछन् । 

सामान्य समयमा दैनिक हुने व्यापार भन्दा अहिले ढाकाको व्यापार ह्वात्तै बढेको र उत्पादनले समेत धान्ने अवस्था नरहेको पराजुली ढाका कपडा उद्योगका सन्चालक ढंग पराजुलीले बताए । तिहारमा चेलीहरुले माइतीकालागि उपहार दिने कपडामा यहाँका उद्योगहरुमा हाते मेसिनबाट बुनेर तयार पारिएका ढाका कपडाहरुको प्रयोग बढेको हो ।

 विशेषगरी ढाकाको टोपी, मफ्लर, चोली, पछ्यौरा, सारी, रुमाल लगायत सामानको माग उच्च रहेको व्यवसायी पराजुलीले बताए । तर माग बढेपनि दशैंपछि उद्योगको उत्पादन भने घटेकाले माग धान्न समस्या रहेको उद्योगीहरु बताउँछन् । 

धेरै उद्यमीहरु दशैं मनाउन गएपछि काममा नफर्किएकाले उत्पादन भने दशैं यता ठप्प रहेको छ । यहाँ उत्पादित ढाका पुर्वका धनकुटा, धरान, विराटनगर हुँदै काठमाडौंसम्मका बजारहरुबाट माग आउने गरेको छ । ढाका कपडामा जिल्लामा झण्डै पाँच हजारबढी उद्यमीहरु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…