प्रकाश धौलाकोटी | कात्तिक ११, तेह्रथुम | तिहार नजिकिएसँगै पुर्वी पहाडी जिल्ला तेह्रथुममा उत्पादित घरेलु ढाकाको माग ह्वात्तै बढेको छ । तिहारकालागि जिल्लाका साना त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी | कात्तिक ११, तेह्रथुम | तिहार नजिकिएसँगै पुर्वी पहाडी जिल्ला तेह्रथुममा उत्पादित घरेलु ढाकाको माग ह्वात्तै बढेको छ । तिहारकालागि जिल्लाका साना त"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिहारमा तेह्रथुमे ढाकाको व्यापार उच्च

२०७३, ११ कार्तिक बिहीबार ११:४७

प्रकाश धौलाकोटी | कात्तिक ११, तेह्रथुम | तिहार नजिकिएसँगै पुर्वी पहाडी जिल्ला तेह्रथुममा उत्पादित घरेलु ढाकाको माग ह्वात्तै बढेको छ । तिहारकालागि जिल्लाका साना तथा ठुला उद्योग, कोशली घर र खुद्रा पसलहरुमा ढाकाको व्यापार  बढेको व्यवसायी बताउँछन् । 

सामान्य समयमा दैनिक हुने व्यापार भन्दा अहिले ढाकाको व्यापार ह्वात्तै बढेको र उत्पादनले समेत धान्ने अवस्था नरहेको पराजुली ढाका कपडा उद्योगका सन्चालक ढंग पराजुलीले बताए । तिहारमा चेलीहरुले माइतीकालागि उपहार दिने कपडामा यहाँका उद्योगहरुमा हाते मेसिनबाट बुनेर तयार पारिएका ढाका कपडाहरुको प्रयोग बढेको हो ।

 विशेषगरी ढाकाको टोपी, मफ्लर, चोली, पछ्यौरा, सारी, रुमाल लगायत सामानको माग उच्च रहेको व्यवसायी पराजुलीले बताए । तर माग बढेपनि दशैंपछि उद्योगको उत्पादन भने घटेकाले माग धान्न समस्या रहेको उद्योगीहरु बताउँछन् । 

धेरै उद्यमीहरु दशैं मनाउन गएपछि काममा नफर्किएकाले उत्पादन भने दशैं यता ठप्प रहेको छ । यहाँ उत्पादित ढाका पुर्वका धनकुटा, धरान, विराटनगर हुँदै काठमाडौंसम्मका बजारहरुबाट माग आउने गरेको छ । ढाका कपडामा जिल्लामा झण्डै पाँच हजारबढी उद्यमीहरु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन