२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोलखाका ग्रामिण सडक मर्मत हुन नसक्दा हजारौं नागरिकलाई सास्ती

२०७३, ११ कार्तिक बिहीबार १२:४१

ताराबहादुर महत | कात्तिक ११, दोलखा | बर्षाका कारण दोलखाका अधिकांश ग्रामिण सडकमा क्षति पुगेर नियमित यात्रुबाहक यातायातका साधन चल्न नसक्दा दशैँ तिहार जस्ता चाडबाडको समयमा हजारौं नागरिकले सास्ती व्यहोर्नु परिरहेको छ । बर्षायाममा अवरुद्ध भएका दोलखाका विभिन्न २३ वटा ग्रामिण सडक दशैं अघिनै मर्मत गरेर शुचारु गर्ने भनिए पनि हाल सम्म १० वटा मात्रै मर्मतपछि शुचारु भएको जिल्ला विकास समिति दोलखाले नियमित पत्रकार भेटघाट कार्यक्रममा बुधबार जानकारी दिएको हो ।

अधिक बर्षाका कारण बाढीपहिरोले प्रयोग गर्न अयोग्य भएका सडक खण्डमध्ये केहि मात्र दशैंअघि शुचारु भएका हुन । शुचारु हुनेमा सिंगटी–वुलुङ, सुनखानी– साङबा, नाम्दु– जुँगु –झ्याँकु, बुस्ती–पुतलीकाठ–लहरेमाने, भिरकोट–शहरे–हाँवा, भिरकोट– गैरीमुदी–छौँडे, बाघखोर–विरेन्द्र मावि, पाटी खोला –कुप्री – सेरा, गौरीशंकर बालगृह– महांकाल  सडक खण्ड रहेका छन् ।जिल्ला विकास समिति दोलखाले दशैँअघि नै बर्षायाममा अबरुद्ध भएका सिँगटी–वुलुङ, सुनखानी–साङबा, नाम्दु– जुगु– झ्याँकु, बुस्ती– पुतलीकाठ– लहरेमाने, भिरकोट–शहरे–हाँवा, भिरकोट–गैरीमुदी–छौंडे, घ्यावापानी– सेरा– सुर्के– निगाले, नयाँपुल–पवटी– भैसेडाँडा, भैसे– मेलुङ, निगाले –बाघखोर– भुषाफेदा, सिद्धाकोथान– जुगु– झ्याँकु,  मेलुङ–डाँडाखर्क, सिगंटी – गोगने, सोरुङ– चिंलखा– विगु, माल्खोला–धनुके –पिपलबोट –बुद्धचोक –आहाले, बाघखोर –विरेन्द्र मावि, सोती– निवारे, जनप्रभात मावि – झुले हेल्थपोस्ट, खावा– छौँडे, पाटीखोला –कुप्री–सेरा, गौरीशंकर बालगृह– महांकाल सडक खण्ड मर्मत गर्ने लक्ष्य राखेको भएपनि लक्ष्यको ५० प्रतिशत पनि काम गर्न नसकेको बताईएको छ । 

सडक शुचारु नभएकै कारण मालबाहक यातायातका साधन समेत चल्न नसकेपछि गाउँघरमा दैनिक उपभोग्य सामानको अभाव र थोरै उपलब्ध सामानको चर्को मुल्य तिर्न नागरिकहरु बाध्य भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति