कात्तिक १२, वालिङ | स्याङ्जाको भिरकोट नगरपालिका–६ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफार्मले दैनिक एक लाख अन्डा उत्पादन गर्दै आएको छ । करिब एक वर्षअघि यहाँका सात युवकले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, वालिङ | स्याङ्जाको भिरकोट नगरपालिका–६ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफार्मले दैनिक एक लाख अन्डा उत्पादन गर्दै आएको छ । करिब एक वर्षअघि यहाँका सात युवकले "/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्याङ्जाको खिलुङ कालिका एग्रोफार्ममा दैनिक एक लाख अन्डा उत्पादन

१२ कार्तिक २०७३, शुक्रबार ०३:१२

कात्तिक १२, वालिङ | स्याङ्जाको भिरकोट नगरपालिका–६ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफार्मले दैनिक एक लाख अन्डा उत्पादन गर्दै आएको छ । करिब एक वर्षअघि यहाँका सात युवकले करिब ५० करोड रुपैयाँको लागतमा फार्म सञ्चालनमा ल्याएका हुन् । 

फार्ममा हाल कमर्सियल लेयर्स जातका एक लाख ५० हजार कुखुरा रहेका छन् । यहाँबाट दैनिक करिब एक लाख अन्डा उत्पादन हुँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले बताउनुभयो । “आफ्नै गाउँ ठाउँमा केही गर्नुपर्छ भन्ने लाग्यो र ४० रोपनी जग्गामा जर्मनीमा निर्मित अत्याधुनिक ब्याट्री केज प्रविधिको प्रयोग गरी फार्म सञ्चालन गरिआएका छौँ,” प्रमुख कार्यकारी अधिकृत ढकालले भन्नुभयो – “यहाँ उत्पादन भएका अन्डाहरु पश्चिमाञ्चल विकास क्षेत्रका मुख्य मुख्य बजारमा खपत हुने गरेका छन् ।” 

प्रत्यक्ष एक सय बढी स्थानीयवासीले रोजगारी पाएका कम्पनीले जनाएको छ । फार्मले वार्षिक चार करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने अधिकृत ढकालले बताउनुभयो । कुखुरापालनसँगै फार्मले जैविक मल उत्पादन तथा प्रशोधन केन्द्रको निर्माण कार्य थालेको छ । यही फार्मलाई लक्ष्य गरी अर्को कम्पनीले दैनिक १० हजार वटा क्रेटको उत्पादन गर्दै आएको छ । यहाँका युवाले सञ्चालन गरिरहेको यो फार्म अवलोकन गर्न दैनिक थुप्रै व्यक्ति आउने गरेको फार्मले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…