कात्तिक १२, हेटौँडा | मकवानपुरको विकट गाविस काँकडा–४ का चेपाङ समुदायका महिलाले मह बेचेर घरखर्च टार्ने गरेका छन् । 

काँकडा–४ देवीटारस्थित जन एकता स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, हेटौँडा | मकवानपुरको विकट गाविस काँकडा–४ का चेपाङ समुदायका महिलाले मह बेचेर घरखर्च टार्ने गरेका छन् । 

काँकडा–४ देवीटारस्थित जन एकता स"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महबाट घरखर्च टार्दै मकवानपुरका चेपाङ महिला

२०७३, १२ कार्तिक शुक्रबार ०३:१५

कात्तिक १२, हेटौँडा | मकवानपुरको विकट गाविस काँकडा–४ का चेपाङ समुदायका महिलाले मह बेचेर घरखर्च टार्ने गरेका छन् । 

काँकडा–४ देवीटारस्थित जन एकता सामुदायिक वन उपभोक्ता समूहमा रहेका २० घर चेपाङ समुदायका महिलाले एक वर्षदेखि सुरु गरेको मौरीपालनबाट उत्पादित मह बेचेको रकमले घर चलाइआएका छन् । यहाँका महिलाले सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, आइयुसिएन र कृषक महासङ्घद्वारा सञ्चालित वन तथा कृषि सहज कार्यक्रमअन्तर्गत मकवानपुरको विकट गाविस काँकडाका चेपाङ महिलालाई लक्ष्य गरेर गठन गरेको देवीटार महिला कृषक समूहमार्फत मौरीपालन गर्दै आइरहेका छन् । 

सामुदायिक उपाभोक्ता महासङ्घले वन तथा कृषि सहज कार्यक्रमअन्तर्गत मकवानपुरमा नमुना कार्यक्रमका रुपमा थालेको मौरीपालन तालिम र घारसहितको मौरी वितरणले पिछडिएका चेपाङ समुदायलाई घरखर्च टार्न सहज बनाएको छ । घारसहितको मौरी पाएपछि चेपाङ समुदायमा आम्दानीको स्रोत थपिएको हो । तर एउटा मात्र घार भने पर्याप्त नभएको र अन्य घार खरिद गर्ने क्षमता आफूहरुसँग नभएको स्थानीयवासीको गुनासो छ । 

विसं २०५९ मा गएको बाढीले खेतबारी पुरिएर मुस्किलले जीविकोपार्जन गर्दै आएको यस समुदायमा मौरीपालनले दैनिक उपभोग्य सामान किन्न सहज बनाएको स्थानीयवासीको भनाइ छ । यसबाट अति आवश्यक नुन, तेल मात्र टरेको स्थिति रहेकाले कार्यक्रमले आम्दानीका थप स्रोत जुटाएदिए हुन्थ्यो भन्छन् उनीहरु । 

केही वर्षपहिला जीविकोपार्जनका लागि वनमा रहेको गिट्ठा सङ्कलनसँगै ज्यालादारी गर्दै आइरहेका चेपाङ समुदायमा कृषक समूह गठन भइसकेपछि समूहमा रहेर काम गनुपर्छ भन्ने चेतनाको विकाससमेत भएको समूहकी सचिव सविता प्रजाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीलाई समूहमा मौरी पाल्दा बेच्न लान पनि सजिलो भएको छ ।” उहाँका अनुसार एकपटक मह निकाल्दा एकदेखि तीन किलोसम्म उत्पादन हुन्छ र सबै घरको सङ्कलन गर्दा बजार लैजान समेत सजिलो परेको छ । 

समूहकी उपाध्यक्ष जुनिमाया प्रजाले संस्थाले दिएको घारसँगै आफैँले काठको तीनवटा घार थपेर मह उत्पादन गरिहरनुभएको छ । उहाँका अनुसार एक घारबाट तीन किलोग्रामसम्म मह उत्पादन हुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले त सिजन होइन । तीनवटैबाट एक किलो मह निस्क्यो । यसले वर्षभरका लागि नुन र तेल पुग्छ ।” तर याममा भने राम्रै आम्दानी हुने उहाँ बताउनुहुन्छ । मह बेच्न मनहरिबजार झर्ने गरेको जुनिमायाको भनाइ छ । 

समूहकै अर्का सदस्य ६० वर्षीया सानुमाया प्रजा महले हाल नुन तेल मात्र टारेको र थप अरू घार या अन्य पशुपालनसम्बन्धी कार्यक्रम आए चेपाङको घरमा दुईछाक खानका लागि अर्काको मजदुरी वा गिट्ठाको खोजीमा समय बिताउन नपर्ने र सबै बच्चा विद्यालय जान पाउने बताउनुहुन्छ । उहाँले मौरीपालन मात्र नभएर यस क्षेत्रमा बाख्रा, पाडोपालनलगायतका कार्यक्रम ल्याउन सामुदायिक वन उपभोक्ता महासङ्घसँग आग्रह गर्नुभयो । 

स्थानीयवासी रामबहादुर प्रजाले भने यस ठाउँमा माछापालनको पनि उत्तिकै सम्भावना रहेको बताउनुहुन्छ । 

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका महासचिव भारती पाठकले यस पटक किसानले सानो सङ्ख्यामा आफैँ मह उत्पादन गरिरहेको तर अब भने यसलाई सामुदायिक वनसँग जोडेर लामो समयका लागि व्यावसायिक हिसाबले मौरीपालनको कार्यक्रमअगाडि बढाउन खोजिएको बताउनुभयो । 

यसका लागि महासचिव पाठकले सामुदायिक वन उपभोक्ता महासङ्घसँगै जिल्ला विकास कार्यालय, नगरपालिका, वन कार्यालय र भूसंरक्षण कार्यालयले संयुक्तरुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयों । 

विशेषगरी चिउरीको रूख बढी रहेको काँकडा गाविसमा चिउरीको फूल फुल्ने समयमा बढी मह उत्पादन हुने गरेको छ । यस क्षेत्रमा मनहरिबाट समेत चिउरी फुल्ने समयमा मौरी चराउन ल्याइने गरिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति