कात्तिक १२, फलेवास (पर्वत) | पर्वतको खुर्कोटदेखि विभिन्न आधा दर्जन गाविसमा सडक पहुँच पुर्याउने गरी घुम्ती लाम्पाटा सडकको कालोपत्र गर्ने कार्य सुरु भएको छ । सडक ड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, फलेवास (पर्वत) | पर्वतको खुर्कोटदेखि विभिन्न आधा दर्जन गाविसमा सडक पहुँच पुर्याउने गरी घुम्ती लाम्पाटा सडकको कालोपत्र गर्ने कार्य सुरु भएको छ । सडक ड"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्बतको आधा दर्जन गाविसमा सडक पहुँच पुग्ने गरि कालोपत्र सुरु

२०७३, १२ कार्तिक शुक्रबार ०३:५७

कात्तिक १२, फलेवास (पर्वत) | पर्वतको खुर्कोटदेखि विभिन्न आधा दर्जन गाविसमा सडक पहुँच पुर्याउने गरी घुम्ती लाम्पाटा सडकको कालोपत्र गर्ने कार्य सुरु भएको छ । सडक डिभिजन कार्यालय बागलुङले पोखरा–बागलुङ राजमार्गअन्तर्गतको घुम्तीदेखि चार किलोमिटर सडक कालोपत्र गर्न सुरु गरेको हो । 

उक्त सडकको शिलान्यास गर्नुभएका सांसद अर्जुनप्रसाद जोशीले सडकको स्तरोन्नति कार्यमा कुनै बाधा–व्यवधान उत्पन्न हुन नदिन उपभोक्तालाई सुझाव दिनुभएको छ । 

सडक डिभिजन कार्यालय बागलुङमार्फत घुम्ती–लाम्पाटा–हिमालय मावि–खुर्कोट–पाङ–नुवार सडकखण्डको चार किलोमिटर स्तरोन्नति कार्य हुने भएको छ । स्तरोन्नति कार्यका लागि सडक डिभिजन कार्यालयसमक्ष जयबाबा गोरख ओखलढुङ्गा जेवी कन्स्ट्रक्सनले १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । 

असोजमा सम्झौता गरेको कम्पनीले २०७४ साल चैत महिनासम्म स्तरोन्नति कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर खत्रीले जानकारी दिनुभयो । स्तरोन्नति कार्यका लागि १० करोड बराबरको बोलपत्र आह्वान गरे पनि निर्माण कम्पनीले घटी घटाउमा पाँच करोड ९९ लाखमा निर्माण कार्य थालनी गरेको हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति