२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरमा एकसय ६० किलो प्रदूषित मिठाइ नष्ट

२०७३, १२ कार्तिक शुक्रबार ०८:२९

कात्तिक १२, भक्तपुर । तिहार नजिकिएपछि जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले अखाद्य वस्तु प्रयोग गरिएका र प्रदूषित देखिएका एकसय ६० किलो मिठाई नष्ट गरेको छ । 

टोलीले विभिन्न स्थानका मिठाई पसलमा गरेको अनुगमनमा भण्डारण गरी बिक्रीका लागि राखिएको कमिला र झिँगा डुबेका र फाहोर मिठाई भेटिएपछि नष्ट गरेको हो । 

अनुगमन टोलीले भक्तपुर नगरपालिका– ४ कमलविनायकमा रहेको विनायक मिठाई भण्डारले बिक्रीका लागि भण्डारण गरेको लाल मोहन, रसबरी, रातो चमचम, सेतो चमचमलगायतका मिठाईमा कमिला, झिगा, भुसुना र साङ्लो डुबेको भेटेपछि नष्ट गरेको खाद्य तथा गुणनियन्त्रण विभागका शङ्कर भण्डारीले बताउनुभयो । 

उक्त मिठाई भण्डारले आवश्यक न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएको उहाँको भनाइ थियो । जिल्ला प्रशासनका प्रशासकीय अधिकृत रवीचन्द्र मिश्रले उक्त मिठाई पसलको भान्छामा सिलबन्दी गर्न लागेपछि सञ्चालकले विरोध गरेका थिए । केहीसमय विवाद भएपछि सो टोली सिलबन्दी नगरी फर्किएको थियो । 

टोलीले कमलविनायकमा रहेको शाक्य मिठाई पसलबाट अखाद्य रङ्ग मिसिएको मिठाई नियन्त्रणमा लिएर नष्ट गरेको छ । कमलविनायकमै रहेको काफ्ले मिठाई भण्डार र सूर्यविनायकमा रहेको लक्ष्मी मिठाई भण्डारमा अनुगमनको क्रममा मूल्यसूची नभएको, आन्तरिक राजस्व कार्यालयमा दर्ता नभएको, नाप तौलका उपकरण प्रमाणीकरण नगरेको पाएपछि ती पसलका व्यापारीलाई सचेत गराएको छ । 

बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, र खाद्य तथा गुण नियन्त्रण विभागका कर्मचारी प्रहरी, स्थानीय उपभोक्ता, अधिकावादी एवम् सञ्चारकर्मीको सहभागिता थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति