२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कैलालीमा पुरानै सर्वेअनुसार हुलाकी राजमार्ग निर्माण हुने

१२ कार्तिक २०७३, शुक्रबार ०९:११

कात्तिक १२, कैलाली । कैलालीको वसन्ता वन क्षेत्रको ९० हेक्टर अतिक्रमण खाली गराउन स्थानीयवासीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि पुरानै सर्वेअनुसार काम गर्ने सहमति भएको छ । 

कैलालीको रतनपुर– ५ वसन्तामा बिहीबार आयोजित वृहत छलफलमा वसन्ता जैविक मार्गमा पर्ने ९० हेक्टर अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउन स्थानीयवासीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि जिल्ला वन कार्यालयले पुरानै नक्साङ्कनअनुसार हुलाकी सडक निर्माण गर्न दिने सहमति जनाएको छ । 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्ले, हुलाकी सडक निर्माण आयोजनाका प्रमुख तुरुन्त मण्डल र राजनीतिक दलका प्रतिमण्डललगायत स्थानीय बासिन्दाबीच वृहत छलफल भएपछि सो सहमति भएको हो । 

छलफलमा जिल्ला वन अधिकृत रमेश चन्दले वसन्तामा अतिक्रमण गरी बसेकालाई हटाउन स्थानीयवासीले सहयोग गरेमा वन कार्यालयले पुरानै सर्वेअनुसार सडक निर्माण गर्न दिने बताउनुभयो । 

पवेरा गाविस –४ का पूर्वअध्यक्ष पर्शुराम चौधरीले सरकारको राष्ट्रिय नीति र जनताको माग अनुसार जङ्गलको उत्तर दिशातर्फबाट हुलाकी बाटो बनाउने रहेकाले यसका लागि यहाँका जनताले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

वसन्ता जैविक मार्गको अस्तित्व सङ्कटमा पर्ने भन्दै जिल्ला वन कार्यालय कैलालीले हुलाकी सडकको नक्साङ्कन परिवर्तनको अडान लिएपछि लामो समयदेखि कैलालीमा पर्ने हुलाकी राजमार्गको निर्माण कार्य रोकिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…