२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनसरीमा १२ ओटा स्थानीय निकाय सिफारिस

२०७३, १३ कार्तिक शनिबार ०३:३०

कात्तिक १३, इटहरी । यहाँ शुक्रबार बसेको सर्वदलीय बैठकले सुनसरीको स्थानीय निकाय १२ वटा बनाउन सकिने सिफारिस गरेको छ । 

विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्षसहितको समिति बैठकले सुनसरीको स्थानीय निकायका रुपमा दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिकाका रुपमा घोषणा गर्न सकिने सहमति सहितको सिफारिस गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी एवम् स्थानीय निकाय पुनःसंरचना सिफारिस समितिका संयोजक रामप्रसाद वाग्ले वाग्लेले जानकारी दिनुभयो । 

बकलौरी खोपयुक्त गाविस 

बकलौरी गाविसलाई शुक्रबार पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । अठार हजार जनसङ्ख्या भएको सो गाविसको इलाका स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सो स्वास्थ्य चौकीलाई साढे १६ कट्ठा जमिन निःशुल्क प्रदान गर्ने समाजसेवी देवनारायण राजधामीले पूर्ण खोपयुक्त गाउँ घोषणा गर्नुभएको हो । 

जिल्लाका ११ गाविस पूर्ण खोपयुक्त घोषित भइसकेको छ । बकलौरी गाउँलाई पूर्ण खोपयुक्त बनाउनका लागि गाविस करुणा फाउन्डेसन जिल्ला जनस्वास्थ्य र स्थानीय महिला स्वयम्सेविकाको महत्वपूर्ण भूमिका रहेको थियो । सो अवसरमा ती सबै महिला स्वयम्सेवीलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । 

कार्यक्रममा करुणा फाउन्डेसनले भागवत चौधरीलाई कम्प्युटर र अपाङ्गता भएका धनञ्जय झालाई हिँड्न सजिलो बनाउने वाकर समेत हस्तान्तरण गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति