२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङको ३ नम्बर क्षेत्रमा ढोरपाटन नगर र ३ गाउँपालिका बनाउने कांग्रेसको निर्णय

२०७३, १३ कार्तिक शनिबार ०७:१३

कृष्ण कँडेल | कात्तिक १३, बुर्तिबाङ | नेपाली कांग्रेसले बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा एक नगरपालिका र ३ ओटा गाउँपालिका बनाउने प्रश्ताव गरेको छ । शुक्रबार भएको क्षेत्रीय समिति बैठकले यसअिघ जिल्ला प्रविधिक समितिले प्रश्तावित गरेको ३ गाउँपालिकाको क्षेत्रलाई नगरपालिका सहित ४ ओटा स्थानिय निकाय बनाउन प्रश्ताब गरेको हो । 

ईलाका नम्बर–१० मा पर्ने बुर्तिबाङ, राजकुत, अधिकारीचौर र बोबाङ तथा १३ मा पर्ने निसी, बोहरागाउँ र देविस्थान गाविसलाई ढोरपाटन नगरपालिका प्रश्ताव गरिएको छ । प्रश्तावित नगरपालिकाको केन्द्र बुर्तिबाङमा रहने नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर–३ का सभापती दोर्णकुमार कुँवरले जानकारी दिनुभयो । 

नगरपालिका भित्रको क्षेत्रलाई सुगमता, पुर्वाधार विकाश र भौगोलिक दुर्गमताका आधारमा विभिन्न श्रीणीमा बर्गीकारण गरि करको दयरा र सेवा केन्द्र दिने व्यवस्था गर्नुपर्ने कुँवरको तर्क छ । निसी र बोबाङ गाविस अहिलेपनि राज्यको दुर्गम क्षेत्र अन्तरगत पर्ने भएकाले त्यसलाई नगरपालिका भित्रको विशेष ईकाई बनाउने प्रश्तावमा उल्लेख छ । 

ईलाका नम्बर–१२ मा पर्ने तमानखोलाका तमान, खुङ्खानी, खुङगा र बोङ्गादोभानलाई विशेष संरक्षित क्षेत्र बनाउने प्रश्ताब गरिएको छ । भौगोलिक जटिलता, पुर्वाधार निर्माणको अवस्थालाई मध्यनजर गर्दै संरक्षित क्षेत्र बनाउने निर्णय भएको काग्रेशले जनाएको छ । दर्लिङ, भिमगिठे, ग्वालीचौर र जलजला गाविसको गाउँ पालिका बनाउने निर्णय भएको छ । 

दगातुन्डाँडा, रिघा, सिसाखानी, पाण्डवखानी र रणसिंहकिटेनी गाविसलाई समेटेर अर्को गाउँपालिका बनाउने प्रश्ताब गरिएको छ । यो गाउँपालिकामा पर्ने रणसिंहकिटेनी गाविसलाई बिशेष ईकाई बनाउनुपर्ने कांग्रेसको धारणा छ । सडक पुर्वाधार नपुगेको, सामथ्र्यमा कमजोर रहेको तथा भेषभुषा र पहिचानको आधारमा रणसिंहकिटेनीलाई संरक्षित ईकाई प्रश्ताब गरिएको क्षेत्रीय सभापती कुँवरको भनाई छ । 

तिनओटै गाउँ पालिकाको केन्द्र र नामाकारणको बारेमा कुनै निर्णय भएको छैन । स्थानिय सहजतालाई ध्यानमा राखि त्यहि निर्णय गर्दा सजिलो हुने भएकाले नाम र केन्द्रमा कुनै निर्णय नभएको क्षेत्रीय समितिले जनाएको छ । 

निसीखोलाका निसी र बोहरागाउँ गाविसबाट देविस्थान र राजकुत सहित ४ गाविसको स्थानिय निकाय बनाउने प्रश्ताव भएपनि देविस्थान बुर्तिबाङ केन्द्र हुने नगरपालिकामा जान ईच्छुक देखिएकाले सवै गाविसलाई नगरपालिकामै प्रश्ताब गरिएको नेताहरुले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति