२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मी पेंगाको क्लवद्धारा आार्थिक संकलन अभियान

२०७३, १३ कार्तिक शनिबार १२:२१

प्रेम सुनार | कात्तिक १३, गुल्मी | न्यु योङ्गस्टार युवा क्लव बडागाउँ–५ पेंगा गुल्मीले विभिन्न विकास निर्माण कार्य सम्पन्न गर्न आर्थिक  संकलन अभियान तिव्र पारेको छ । उसले खेल मैदान बनाउन, मञ्च र चौपारी निमार्ण गर्न,  क्लवलाई आवस्यक सामग्री खरिद गर्न र गाउँमा सरसफाई कार्यक्रम गर्न आर्थिक संकलन अभियान तिव्र पारेको हो ।

क्लवका अध्यक्ष अशोक सोमैले दिएको जानकारी अनुसार देउसी भैलो कार्यक्रम मार्फत पनि आर्थिक  संकलन गरिने भएको छ । क्लवले त्यहाँका समाज सेवी सुवेदार मेजर शंकर रायमाझीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन गठन गरेको छ । 

अर्का समाज सेवी कर्णबहादुर पाण्डेको संयोजकत्वमा सल्लाहकार समिति र श्यामबहादुर थापा र तुल्सी रायमाझीको संयोजकत्वमा लेखा समिति बनाएर रकम संकलन अभियान जारी गरेको एक हप्तामै एक लाख भन्दा बढि रकम संकलन भएको अध्यक्ष सोमैले जानकारी दिए । 

उनले दिएको विवरण अनुसार पेंगा तुल्सीबहादुर रायमाझीले १५ हजार सहयोग गरेका छन् । त्यस्तै सुवेदार मेजर शंकर रायमाझीले १५ हजार,  सुवेदार ओमबहादुर रायमाझी, श्यामबहादुर थापा, पदमबहादुर पाण्डे , सुवेदार रामबहादुर पाण्डेले १०/१० हजार  सहयोग गरेका छन् । 

त्यस्तै प्रेमबहादुर रायमाझीले  ८ हजार सहयोग गरेका छन् । पेगाकै राजु रायमझी, गणेश रायमाझी, तेजबहादुर रायमाझीले ५ हजारका दरले सहयोग गरेका छन् । कर्णबहादुर पाण्डे र वोमबहादुर रायमाझीले २ हजारका दरले सहयोग गरेका छन् ।

लालबहादुर पाण्डे, राज बहादुर बिक, वलबहादुर जिसी, मोतीबहादुर नेपालीले १ हजारका दरले सहयोग गरेका छन् । क्लवलाई देश विदेशमा रहेका बडागाउँवासीले पनि सहयोग गरेर सामाजिक क्षेत्रमा गर्न लागिएको रचनात्मक कार्यालाई सफल पारी दिन अध्यक्ष सोमैले आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त