९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतीय एसडीएमले नमान्दा नेपाल-भारत पुल निर्माण कार्य लम्बियो

१४ कार्तिक २०७३, आईतवार ०५:४२

पंकज धामी | कात्तिक १४, दार्चुला | पाथौरागढ जिल्लाको धारचुला नगरका एसडिएमले आफुलाई डिटेल जानकारी नभएको र काम गर्ने निर्देशन नभएको भन्दै काम सुरु गर्न नदिएपछि नेपाल भारत सीमा जोड्ने धौलाकोट गाविसको तीग्रममा बन्दै गरेको झोलुङ्गे पुल निर्माणको काम लम्बीएको छ । 

धारचुला नगरमा पुराना एसडिएमको सरुवा भई नयाँ एसडिएम आएका र नयाँ एसडीएमले आफुलाई यो विषयमा माथिल्लो निकायबाट कुनै निर्देशन पनि नआएको र आफुलाई यो विषयमा पूर्ण जानकारी नभएकाले पनि तत्काल भारततीर पुल निर्माणको काम गर्न नसकिने बताउनु भएको छ । पुल निर्माणको सुरुवाती चरणबाट उक्त कार्यमा सहयोग गर्दै आएका गीता भवन प्रावि तिग्रमका शिक्षक बिरसिह बिष्ट सहित गाउँलेहरुको टोलीले एकसाता पहिले भारतीय एसडिएमलाई भेटेका थिए । भेटका क्रममा एसडिएमले उक्त जानकारी दिएको शिक्षक बिष्टले जानकारी दिनुभयो । 

नेपाल सरकारको संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको ३३ लाख रुपैँयाको लागतमा नेपाल भारत जोड्ने झोलुुङ्गे पुल निर्माणका लागि मानामालिका जेभीले पुल निर्माणको काम गर्ने सम्झौता गरेको ठेकेदार रघुविर साउँदले बताउनु भयो । नेपाल तीर धौलाकोट गाविस वडा नम्बर ७ तिग्रम र भारतीतर रौतीनालामा ९० मिटर लामो पुल निर्माण गर्न सम्झौता भई असोज १० गते धौलाकोटका स्थानीय जेष्ठ नागरिक लक्ष्मणसिह कुवरले पुलको सिलान्यास गर्नु भएको हो ।

नेपाल तिर काम सुरु भइ हाल पुलको फाउण्डेशन र जग खन्ने काम सम्पन्न हुन लागेको ठेकेदार रघुविर साउँदले जानकारी दिनुभयो तर भारततीर काम गर्नको लागि पनि निर्माण सामाग्री तयार रहेको भएपनि भारतीय पक्षले नमानेपछि  काम सुरु हुन नसकेको हो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय लगायत नेपाल सरकारबाट गर्नु पर्ने सबै काम पुरा गरी भारतीय पक्षलाई पत्राचार गर्दा हालसम्म काम सुरु गर्न नपाएको ठेकेदार साउँले बताउनु भएको धौलाकोटबाट नयाँ नेपाल सहकर्मी कपिलदेब भट्टले खबर पठाउनु भएको छ । साथै चालु आर्थिक बर्षमा महाकाली नदिमाथी राप्ला देखि लाली गाविसम्म नेपाल भारत जोड्ने ८ ओटा झोलुङ्गे पुल निर्माण गर्न सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले निर्माण कम्पनीहरुसँग ठेक्का सम्झौता गरीसकेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता