कात्तिक १५, परासी | महेसपुर छोटी भन्सार कार्यालय नवलपरासीले यस आर्थिक वर्षको चारमा महिनामा करिब ढाई करोड रुपिया राजस्व संकलन गरेको छ । 

कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १५, परासी | महेसपुर छोटी भन्सार कार्यालय नवलपरासीले यस आर्थिक वर्षको चारमा महिनामा करिब ढाई करोड रुपिया राजस्व संकलन गरेको छ । 

कार्य"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको भन्सार कार्यालयले उठायो राजस्वबाट ढाई करोड

२०७३, १५ कार्तिक सोमबार ०६:१७


कात्तिक १५, परासी | महेसपुर छोटी भन्सार कार्यालय नवलपरासीले यस आर्थिक वर्षको चारमा महिनामा करिब ढाई करोड रुपिया राजस्व संकलन गरेको छ । 

कार्यालयले आर्थिक वर्ष २०७३/७४ साउन महिनादेखि कार्तिक १३ गतेसम्म कुल २ करोड, ३७ लाख, ९४ हजार २ सय ७३ रुपिया राजस्व संकलन गरेको छ । कार्यालयले श्रावण महिनााम ७२ लाख १९ हजार ६०२ रुपिया राजस्व संकलन भएको थियो भने भदौमा ८१ लाख ५० हजार, ६९०, असोजमा ७१ लाख २६ हजार ३१ र कार्तिक को १३ गतेसम्म २२ लाख ९७ हजार ९५० रुपिया राजस्व संकलन गरेको कार्यालयका नायब सुब्बा रेवतीराज गिरीले बताउनु भयो । 

राजस्व गत वर्षको तुल्नामा यसवर्ष २३ प्रतिशतले बृद्धि भैरहेको कार्यालयले जनाएको छ । गत वर्ष नाकाबन्दीको कारणले अपेक्षित राजस्व संकलन नभएको नासु गिरीले भन्दै राजस्वको बृद्धिदर यस्तै रहने हो भने वर्षको करिब १० करोड रुपिया राजस्व उठने अनुमान रहेको बताउनु भयो । 

भन्सार कार्यालयबाट विशेष गरि चामल, खाद्यान्न, कपडा लत्ता, कागज, भाँडाकुडा, फुटकर घरायसी सामान, हार्डवेयर, राँगा भैसी, र अस्थायी सवारी साधानको निकासी पैठारी हुने गरेको भन्सार कार्यालयले जनाएको छ । महेसपुर भन्सार कार्यालय भैरहवा भन्सार कार्यालय अन्तर्गतको एक छोटी भन्सार कार्यालय भएपनि जिल्लाको मुख्य नाका हो । यस कार्यालय अन्तर्गतपनि भुजहवा, विसुनपुरा, झुल्नीपुर, त्रिवेणी लगायतका छोटी भन्सार कार्यालयहरु छन् । साना नाकाहरुबाट झिकाईने सामानहरुको महेसपुर भन्सार कार्याल्यबाट नै भन्सार काटिने गरिएको कार्यालयले जनाएको छ । 

महेसपुर भन्सार कार्यालयलाई मुल भन्सार कार्यालय बनाउन सम्पुर्ण कागजी प्रकृया पुरा भईसकेपनि भने मुल भन्सारको रुपमा अझै संचालन आउन नसेको उद्योग वाण्ज्यि संघका अध्यक्ष भिम बहाुदर थापाले बताउनु भयो । भन्सार कार्यालय मुल भन्सार बनाउन अझै भौतिक पुर्वाधार, क्वारेन्टाईन चेकपोष्ट, भवन, बाटोघाटो, अधिकृत स्तरका कर्मचारी दरबन्दी,लगायतका काम हुन बाकी समेत रहेको अध्यक्ष थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति