कात्तिक १६, दाङ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले आव २०७३/७४ को कात्तिक १५ गतेसम्ममा रु दस लाख १२ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक देवबहादुर केसीका अनुसार उक्त अवधिमा एक हजार ८०० सवारी साधनका चालकलाई कारबाही गरी सो राजस्व सङ्कलन गरिएको हो ।
कार्यालयले साउनमा ६०० सवारी साधनका चालकबाट रु तीन लाख ४४ हजार, भदौमा ४११ सवारीका साधनका चालकबाट रु दुई लाख ४५ हजार तथा असोजमा ३८९ सवारी साधनका चालकलाई कारबाही गरी रु दुई लाख २३ हजार राजस्व सङ्कलन गरेको छ । यस्तै कात्तिक १५ गतेसम्ममा ४०० सवारी साधनका चालकलाई कारबाही गरी रु एक लाख ९९ हजार राजस्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।