कात्तिक १७, मुस्ताङ । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा हिमाली जिल्ला मुस्ताङबाट पाँच हजार च्याङग्रा बाहिरिएका छन् । दशैं भन्दा तिहारमा एकदमै न्यून मात्रामा च्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १७, मुस्ताङ । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा हिमाली जिल्ला मुस्ताङबाट पाँच हजार च्याङग्रा बाहिरिएका छन् । दशैं भन्दा तिहारमा एकदमै न्यून मात्रामा च्या"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिहारमा मुस्ताङबाट पाँच हजार च्याङग्रा बाहिरिए

१७ कार्तिक २०७३, बुधबार ०२:५४

कात्तिक १७, मुस्ताङ । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा हिमाली जिल्ला मुस्ताङबाट पाँच हजार च्याङग्रा बाहिरिएका छन् । दशैं भन्दा तिहारमा एकदमै न्यून मात्रामा च्याङ्ग्रा बाहिरिन्छन् । दशैंमा यसबर्ष २१ हजार भेडाच्याङग्रा निर्यात भएको थियो । 

जिल्ला कृषि विकास कार्यालय मुस्ताङले म्याग्दी र मुस्ताङको सिमाना घासाबाट हरेक दसैँ र तिहारमा जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको तथ्याङ्क सङ्कलन गर्दै आएको छ । तिहार आसपासमा पाँच हजार च्याङ्ग्रा निर्यात भएको कार्यालयका खरिदार राजेन्द्र समान्तले जानकारी दिनुभयो । 

“यो अघिल्लो तिहारभन्दा पनि कम हो”, उहाँले भन्नुभयो, “दसैँभन्दा तिहारमा मासुका परिकार कम खाने संस्कारले कम निर्यात भएको हो ।” जिविसले भने जिल्लाबाट निर्यात हुने प्रतिच्याङ्ग्रा ७५ रुपैयाँका दरले कर सङ्कलन गर्दै आएको छ । “दसैँको सिजनमा करिब १७ लाख रुपैयाँ कर सङ्कलन भएको थियो”, उहाँले भन्नुभयो, “साढे तीन लाख रुपैयाँ कर उठेको छ ।” च्याङग्राको उत्पादन बढेसँगै यसको मूल्य पनि घट्दै गएको छ । 

तिहारमा १० देखि १३ हजारको हाराहारीमा बिक्रीवितरण भएको थियो । मुस्ताङको तल्लोभन्दा उपल्लो क्षेत्रमा व्यावसायिक रुपमा च्याङ्ग्रापालन गरिएको छ । लोमान्थाङसहित छोसेर, छोन्हुप, घमी, मुक्तिनाथ, घमी र सुर्खाङ गाविस भेडाच्याङ्ग्रा पाल्नका लागि पकेट क्षेत्र हुन् । 

दसैँमा बिक्री भएको भेडाच्याङ्ग्रा बजारमा पूर्णरुपले बिक्री भइनसकेका कारण तिहारमा कम च्याङ्ग्रा निर्यात भएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा नन्दलाल बर्माले जानकारी दिनुभयो । मुस्ताङबाट बाहिरिने च्याङ्ग्रा बेनी, पोखरा, बाग्लुङ, कुश्मा, चितवन र काठमाडौँसम्म पुग्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…