४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा सामुदायिक भवन निर्माणका लागि देउसीभैलोबाट नौ लाख सङ्कलन

१८ कार्तिक २०७३, बिहीबार ०६:२९

कात्तिक १८, म्याग्दी । सामुदायिक भवनलाई सहयोग जुटाउन मराङ–३ कल्लेनीका बासिन्दाले सञ्चालन गरेको देउसीभैलोबाट रु नौ लाख २२ हजार ११७ सङ्कलन भएको छ । 

गाउँमा निर्माण हुन लागेको सामुदायिक भवनमा आर्थिक अभाव भएपछि काठमाडौँ र पोखरामा सञ्चालन गरिएको देउसीभैलोमा उक्त रकम सङ्कलन भएको हो । 

तीन दिनसम्म काठमाडौँका विभिन्न स्थानमा खेलिएको देउसीबाट रु छ लाख ६३ हजार २६२ र पोखराबाट रु दुई लाख ५८ हजार ८५५ सङ्कलन भएको वडा नागरिक मञ्चका संयोजक एवम् पञ्चेबाजा संरक्षक खगिन पुनले बताउनुभयो । 

मराङबाट विदेशमा गएका युवाले आर्थिक सहयोग गरे पनि गाउँमा हुने सभासम्मेलन, गोष्ठीसहित पूजाआजा, विवाहसहित व्यक्तिगत कार्यक्रमलाई समेत सहजै सञ्चालन गर्न मिल्ने गरी सामुदायिक भवनमा रकम अभाव भएपछि देउसीभैलो खेलिएको देउसीभैलो कार्यक्रमका संयोजक योगेन्द्र घर्तीले बताउनुभयो । 

भैलो कार्यक्रममा काठमाडौँमा एन्जल हट उच्च मावि, बासुकीनाक टोल सुधार समिति, उपकार आमा समूहले साम्ूहिक आर्थिक सहयोग गरेका थिए । नौमती बाजासहित भैलो खेल्न गएका मराङवासीलाई काठमाडाँै र पोखरामा रहेका म्याग्देलीसहित विभिन्न जिल्लाबाट आएकाले समेत सहयोग गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ